चर्को आवाज निकाल्ने साथै स्वरूप मोडिफाई गर्ने मोटरसाइकल चालक सहित पक्राउ


[ss_social_share]
लेखक : लेखापढी      २६ आश्विन २०७७, सोमबार ०३:३५ मा प्रकाशित     
चर्को आवाज निकाल्ने साथै स्वरूप मोडिफाई गर्ने मोटरसाइकल चालक सहित पक्राउ

काठमाडौँ- चर्को आवाज निकालेर टोल थर्काउने र मोटरसाइकलको स्वरूप समेत परिवर्तन (मोडिफाई) गर्ने २० जना चालक कारबाहीमा परेका छन्।

महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवका अनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्र ३४ वटा मोटरसाइकल कारबाहीमा परेका छन्। त्यसरी समातिएका मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम १ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गराइएको छ।

ठूलो आवाजका कारण सहरमा ध्वनि प्रदूषण हुनुका साथै दुर्घटना बढेकाले कडाइ गर्नुपरेको महाशाखा प्रमुख वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले  बताए।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •