सरकारसँग सहमतिपछि डा. केसीले तोडे अनशन,सफाइ कर्मचारीले पिलाए जुस


[ss_social_share]
लेखक : लेखापढी      २५ आश्विन २०७७, आईतवार ११:३९ मा प्रकाशित     
सरकारसँग सहमतिपछि डा. केसीले तोडे अनशन,सफाइ कर्मचारीले पिलाए जुस

काठमाडौं । सरकार र अनशनरत डा. गोविन्द केसीबीच गए राती सहमति भएपछि डा.केसीले आफ्नो २८ दिनलामो अनशन तोड्नु भएको छ ।
उहाँले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनशन तोड्नु भएको हो ।
सरकारद्वारा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित सकारी वार्ता टोली र डा.केसीका प्रतिनिधिबीच गए राती भएको आठ बुँदै सहमति पछि आइतबारबाट डा.केसीले अनशन तोडनु भएको हो ।

चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो । उनलाई त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ मा राखिएको थियो ।

 

चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १०लाई पनि राख्ने सहमतिमा उल्लेख छ ।

 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •