अंकुर चन्दको गजल


अंकुर चन्दको गजल

साह्रै दुःख लाग्यो मलाई, पश्चिमतिर ढल्की हिँड्दा !
नीलो आकाशको शीतल, जून पनी सल्की हिँड्दा !!

नाङ्गो पारी सगरमाथा, इमान पनि बेची हिँड्यौ,
उत्ताउलो भई सबको, सामुतिर छल्की हिँड्दा !!

बुद्धको पाठ बिर्सिएर, खै के के नयाँ सिक्यौ,
शुद्ध हातले तर्साउने, तरबार लिई टल्की हिँड्दा !!

जून छुने बाटो पनि, बन्द भए जस्तो छ कि ,
माथिकाले पनि हजुर, तलैतिर खल्की हिड्दा !!

अर्थतन्त्र हेर आज, खाली हुन थालेको छ,
गोजी भर्न अङ्कुर नि उतैतिर पल्की हिँड्दा !!


अंकुर चन्द 
बेदकोट नगरपालिका 
सुदुरपस्चिम 
(सुदुरपस्चिमबाट हामीलाई नियमित रुपमा सुन्दर साहित्यिक रचना पठाउनु हुने अंकुर चन्द  प्रति हार्दिक आभार ब्यक्त गर्दछौ ।-लेखापढी म्यागजिन)