अर्पण चन्दको गजल


[ss_social_share]
लेखक : लेखापढी      २२ आश्विन २०७७, बिहीबार १९:४५ मा प्रकाशित     
अर्पण चन्दको गजल

हाल खबर के भनु, म उस्तै मेरो दारी उस्तै छ !
बोकिरहेको काधमा जिम्मेवारीको भारी उस्तै छ !!

जिन्दगीले यतिसम्म ऋणी बनाइ सक्यो कि, 
यताउती हेर्छु ऋण, वारी उस्तै छ पारी उस्तै छ !!

हुनेलाई हर दिन होली हर रात दिवाली छ यहाँ,
मैले उन्लाई किन्छु भनी, हेरेको सारी उस्तै छ !!

उफ! कुन जनमको पाप बोकिएछ यो जुनीमा,
मेरो अनि जोगीको जिन्दगी त हाराहारी उस्तै छ !


अर्पण चन्द 
कंचनपुर, सुदुरपस्चिम 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •