कोलकत्ता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई १० रनले पराजित


कोलकत्ता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई १० रनले पराजित

एजेन्सी । कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (IPL) टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।

अबुधाबीमा बुधबार साविक उपविजेता चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गर्दै कोलकत्ताले तेस्रो जित निकालेको हो ।

 

शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रब नत्र बनाउन सक्यो ।

चेन्नईका सेन वाट्सनले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

Image

यस्तै अम्बाती रायडुले ३० रन जोड्दा फाप डु प्लेसिस र साम करनले १७/१७ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी ११ रनमा आउट भए । रविन्द्र जडेजा २१ रनमा अविजित रहदा केदार जाधबले अविजित ७ रन बनाए । 

कोलकत्ताका शिवम माभी, भरुण चक्रवर्ती, कमलेस नगरकोटी, सुनिल नारिन र आन्द्रे रसेलले १/१ विकेट लिए ।

Image

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा अलआउट हुँदै १ सय ७० रन बनाएको थियो ।

कोलकत्ताका लागि राहुल त्रिपाठीले ५१ बलमा ८१ रनको अर्धशतकीय इनिङ्स खेले । अन्य खेलाडीले भने उलेख्य रन बनाउन सकेनन् ।

सुनिल नारिनले १७ रन जोड्दा सुबमान गिलले ११ रन बनाए । कप्तान दिनेश कार्तिक १२ रनमा आउट हुँदा पाट कुमिन्सले अविजित १७ रन जोडे ।

Image

चेन्नईका ड्वाने ब्राभोले ३ विकेट लिए । यस्तै सार्दुल ठाकुर, साम करन र कर्ण शर्माले २/२ विकेट लिए ।

जितसँगै कलकत्ता लिगको तेस्रो स्थानमा उक्लिएको छ । कोलकत्ताले ५ खेलमा ६ अंक जोडेको छ ।

चेन्नईको यो तेस्रो हार हो । ६ खेलमा ४ अंक जोडेको चेन्नई पाँचौ स्थानमा रहेको छ ।

Image