जाजरकोटमा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित ६ जनाको मृत्यु


जाजरकोटमा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित ६ जनाको मृत्यु

काठमाडौं । जाजरकोटको जुनीचाँदे गाउँपालिका १, औलभीरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

भे १ ज ९३५ नंम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा जुनीचाँदे वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, स्थानीय खिमबहादुर शाही, कृष्णबहादुर शाही, मालिका बस्नेत र बुद्धिबहादुर शाहीलगायत ६ जनाको मृत्यु भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी वसन्तकुमार पन्तले जानकारी दिए । 
घटनास्थलमा प्रहरी चौकी बडावन र इलाका प्रहरी कार्यालय पञ्चालाबाट प्रहरी गएको छ। 

एकजनाको पहिचान खुलेको छैन । जिप औलभीरस्थित सडकबाट ७ सय मिटर तल मजकोट खोलामा खसेको डीआईजी पन्तले जानकारी दिए ।