हाइकुः प्रकृति प्रकोप


[ss_social_share]
लेखक : लेखापढी      १९ आश्विन २०७७, सोमबार १५:२० मा प्रकाशित     
हाइकुः प्रकृति प्रकोप
हाइकू समसामयिक विश्व साहित्यको जल्दोबल्दो कविता हो । याे  कविता लेखनको एउटा शैली हो । हाइकू कविताभित्र विम्बको प्रतिविम्ब हुन्छ । हाइकू रचना जम्मा ३ हरफमा सत्र अक्षरीय (५–७–५) शास्त्रीय संरचनामा बाँधिएर प्राकृतिक किगोको बिम्बात्मक प्रयोगद्वारा लेखिने सूक्ष्म अभिव्यक्तिको माध्यम हाइकु हो ।  विसं. २०१९ सालमा शंकर लामिछानेले नेपालमा हाइकु भित्र्याएका हुन्  ।-लेखापढी म्यागजिन 

 

कालो बादल
गर्जियो मेधदुत
वर्षाती रात ।
       १

भत्कियो छानो
तपक्क झर्छ पानी
भिज्यो बिछ्यौना ।

       २

खहरे भेल
बगायो धानखेत
विक्षुब्ध मन ।

     ३

उडायो छानो
आँधीबेहरी माझ
ढलायो खोप्री ।

       ४

नाङ्गा पहरो
भूस्खलन विपत्ति
आक्रान्त जन ।

     ५

कैयौं वेपत्ता
क्षतविक्षत शव
विभत्स दृष्य ।

      ६

उद्धार बाधा
प्रतिकूल मौसम
बेचैन झन ।

     ७

सम्पर्क टुट्यो
सडक सञ्चारको
असक पल ।

      ८

आधा रातमा
पू:न डगडगायो
फेरि तर्सायो 

       ९

मेघका धब्बा
बगिरहे प्रकृति
निरीहा प्राणी ।

    १०


मनिश कुमार शर्मा ‘समित’
ठिमी, भक्तपुर
(नियमित रुपमा विभिन्न साहित्यिक रचना पठाउनु हुने प्रतिभावान साहित्यकार ‘समित’ ज्यु हार्दिक आभार ब्यक्त गर्दछौ- लेखापढी म्यागजिन)


लेखकबाट थप

जलिरहेको चिता

म कविता यसरी कोर्छु…

मृत्यु-इच्छा (लघुकथा)

हाइकु – सेन्यु

पाथी (कथा)

 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •