उपत्यकामा १५३१ संक्रमित सहित थप २,२४० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि


उपत्यकामा १५३१ संक्रमित सहित थप २,२४० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा एक हजार ५३१  कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा थप २,२४० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार दिएको छ।

यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ८९,००० नाघेको छ।

विगत २४ घण्टामा १९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।

नेपालमा अहिलेसम्म ५५४ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

निको हुने सङ्क्रमितको सङ्ख्या ६५,००० नाघेको छ।