प्रदेश ५ मुख्य मन्त्रि शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार, ९ जना पक्राउ


[ss_social_share]
लेखक : लेखापढी      १८ आश्विन २०७७, आईतवार २०:३३ मा प्रकाशित     
प्रदेश ५ मुख्य मन्त्रि शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार, ९ जना पक्राउ

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा बुटवलमा ढुंगा प्रहार भएको छ । प्रदेशको नामाकरण र राजधानी सार्ने प्रस्तावप्रति बुटबलमा लगातार आन्दोलन भइरहेको छ । काठमाडौंबाट बुटवल फर्किँदै गरेका पोखरेललाई लक्षित गर्दै बुटवलमा ढुंगा प्रहार गरिएको थियो ।

प्रदेश ५ का डीआईजी रवीन्द्र धानुकले दिएको जानकारीअनुसार मन्त्री पोखरेल र उनको पछुवा गाडीमा एक एकवटा ढुंगा लागेको थियो । उनको गाडीमा ढुंगा प्रहार गर्ने ९ जनालाई नियन्त्रणमा लिइएको धानुकले जानकारी दिए । भैरहवाबाट बुटवलतर्फ जाँदै गरेका पोखरेललाई बाटो बाटोमा कालोझण्डा देखाइएको थियो ।
प्रदेशको राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा पेस भएको छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •