रोशन धमेनाका चार मुक्तक


[ss_social_share]
लेखक : लेखापढी      १८ आश्विन २०७७, आईतवार १४:२८ मा प्रकाशित     
रोशन धमेनाका चार मुक्तक
                 १.
मालाले गला सजाएर पहिचान बनायो ।
अन्धभक्तको झुण्डले चिनजान बनायो ।
सबैलाई रिझाएर खुसी ल्याउन्छु भन्यो ।
गन्तव्यमा उक्लेपछि त सुनसान बनायो ।
                              २•
खेल्न त खेलिएकै हो गुलेली रणभूमिमा ।
परिणाम पो शुन्य भो जूनेली रणभूमिमा ।
पछुतो पनि कति हुँदोरहेछ यो मनभरी ।
ब्यर्थै अटुट आँशु बग्ने परेली रणभूमिमा ।
   ३•
देश बनेको खबर सुन्दा खास लाग्छ त्यो दिन ।
अब केही हुन्छ कि भन्ने आस लाग्छ त्यो दिन ।
रोग,शोक,भोक अन्त्य हुन्छ भन्ने घोषणा गर्छ ।
अनि पुरा एउटा पनि हुन्न ह्रास लाग्छ त्यो दिन ।
                              ४•
कुरा मात्र गर्ने, काम नगर्नेले सकायो देश ।
ॠणै ॠणको नाममा जिम्मा लगायो देश ।
अँझै ढुक्क हुने कुरा गर्छन् ती फटाहाहरु ।
यहाँ अनेकौँ नानाथरी चीजले डुबायो देश ।

राेशन धमेना,
तलकोट गाउँपालिका – २ धमेना बझाङ
पेशा :- शिक्षक
हाल :- सोलुखुम्बु नेपाल

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •