बैतडीमा फस्फोराईड अन्वेषणको शुभारम्भ


[ss_social_share]
लेखक : लेखापढी      १८ आश्विन २०७७, आईतवार १२:१३ मा प्रकाशित     
बैतडीमा फस्फोराईड अन्वेषणको शुभारम्भ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले रोजगारीको सिर्जना गर्न सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्। बैतडीको दोगडाकेदार गाउँपालिकामा शनिबार फस्फोराइड अन्वेषणात्मक ड्रिलिङको शुभारम्भ गर्दै उनले खानी तथा खनिज पदार्थको उत्खनन् गरी रोजगारीको सिर्जना गर्न सकिनेमा  जोड दिए।

उनले  भने, “अब हरेक क्षेत्रलाई रोजगारीसँग जोडेर अगाडि बढ्नुपर्छ।” रसायनिक मलका लागि  फस्फोराइड अति आवश्यक पर्ने जनाइएको छ। यसै आवश्यकता पुरा गर्न परीक्षणका लागि उत्खनन् शुरुआत गरिएको हो। 

दोगडाकेदार–७ बसौरामा डोलोमाईड चट्टान पत्ता लागे पछि खानी तथा भूगर्भ विभागले रसायनिक मल बनाउने कारखानाका लागि डोलोमाइड चट्टान उत्खनन गर्ने तयारी गरेको हो।

यस अघि विभागले यही असोज ५ गते प्राविधिकको टोली वैतडी पठाएको थियो। विभागका वरिष्ठ भूगर्भविदद्वय कुमार खड्का र भूसुजन देवकोटा लगायतको विज्ञ तथा प्राविधिकको टोली केही दिन अगाडि वैतडीको दोगडाकेदार पुगेको थियो। 

गाउँपालिकामा परीक्षण गरिएको स्थानमा फस्फोरस भएको पुष्टि भएमा यस क्षेत्रको आर्थिक समृद्धि र रोजगारीमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए। फस्फोराईट खानीमा ५० मिटर गहिरो प्वाल पारेर परीक्षण गरिएको हो। रासस

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •