प्रज्ञा प्रतिष्ठानको फेसबुकमा आईतबार र शुक्रबार ‘अ लाईफ ईन म्यूजिक’ A Life in Music


[ss_social_share]
लेखक : लेखापढी      १८ आश्विन २०७७, आईतवार १४:१० मा प्रकाशित     
प्रज्ञा प्रतिष्ठानको फेसबुकमा आईतबार र शुक्रबार ‘अ लाईफ ईन म्यूजिक’ A Life in Music

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान तथा समप्रिया सङ्गीत प्रतिष्ठानले कोरोना महामारीका बीच ‘अ लाईफ ईन म्यूजिक’ नामक संवाद कार्यक्रमको थालनी गरेका छन् । शास्त्रीय सङ्गीत तथा नृत्य क्षेत्रका कलाकारहरुसंग जुमको माध्यमबाट संवाद कार्यक्रम प्रस्तुत भईरहेको छ । प्रत्येक आईतबार र शुक्रबार राति ८ः०० बजे प्रज्ञा प्रतिष्ठानको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुँदै अाइरहेकाे छ ।

शास्त्रीय गायक मनमोहन थपलिया शर्मा, तबला बादक मिलेश तन्डुकार, सरोद बादक रुपा सरुद न्यौपाने, शास्त्रीय नृत्यङ्गना सुबिमा श्रेष्ठ तथा बाँसुरी वादक नगेन्द्र बिक्रम राई, रोशन शर्मा (विणा बादक) गरी 5}6f}F संवाद श्रृङखला प्रसारण भइसकेका छन् भने   प्रमोद उपाध्याय (तबला वादक) तथा डा. सिता थापा (शास्त्रीय गायिका) सँगको अन्तर्रक्रिया कार्यक्रम क्रमशः आश्विन  १५ र १८ गते नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको पेस बुक पेमा प्रत्यक्ष प्रसारण हुनेछ ।  कार्यक्रमलाई कुन्दन पाठक र जोजिशा पौडेलले सहजीकरण गर्ने प्राज्ञ धीरेन्द्र प्रेमर्षिले जानकारी  दिनु भयो ।

साथै ध्रपद गुरुकुलको सहकार्यमा यस प्रज्ञा प्रतिष्ठानले स्वरमध्यमा संवाद श्रृङखलाको पनि आयोजना गरिरहेको छ । विशाल भट्टराईद्वारा सञ्चालन भइरहेको आगामी श्रृङ्खलामा  गायक बन्धु प्रभूराज ढकाल तथा प्रतिक ढकाल तथा तबला बादक प्रेमचन्द्र ओझैया सँगको संवाद क्रमशः आश्विन  १२ र १६ गते साँझ ६ः०० बजे प्रज्ञा प्रतिष्ठानको पेसबुक पेजमा प्रसारण गरिने छ ।

यसैबीच भाद्रमहिनाभर शैली थिएटरसँगको सहकार्यमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले कला क्षेत्र लगायत अन्य पेशामा आफ्नो दक्षता देखाएका व्यक्तित्वहरुसँगको भलाकुसारी ‘शैली संवाद’ कार्यक्रम सम्पन्न गरिसकेको छ ।

 


लेखापढी

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •