स्थायी राजधानी र नाममा विवाद पछि बुटवलमा निषेधाज्ञा संगै ५ जनाभन्दा बढी सँगै हिँड्न प्रतिबन्ध


स्थायी राजधानी र नाममा विवाद पछि बुटवलमा निषेधाज्ञा संगै ५ जनाभन्दा बढी सँगै हिँड्न प्रतिबन्ध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवल क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।  प्रदेश पाँचको नामाकरण र स्थायी राजधानीको प्रस्ताव निर्णयका लागि प्रदेश सभामा पेस भएपछि बुटबल क्षेत्रमा आन्दोलन सुरु भएको छ ।

उक्त विषयलाई लिएर बुटवल उपमहानगरपालिका भित्र सरकारी सवारी साधन तोडफोड गर्ने, सडकमा टायर बाल्ने र नारा जुलुस गर्नेजस्ता गतिविधिहरु देखिएको हुँदा चारदिन निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।