नेपालका कान्छा अभियन्ता केपी खनाललाई ”युथ आइकन अवार्ड”


[ss_social_share]
लेखक : लेखापढी      १७ आश्विन २०७७, शनिबार ०१:२३ मा प्रकाशित     
नेपालका कान्छा अभियन्ता केपी खनाललाई ”युथ आइकन अवार्ड”

काठमाडौं। भारतमा महात्मा गान्धीको १५१औं जन्म जयन्तीका अवसरमा नेपालका कान्छा अभियन्ता केपी खनाललाई भारतको राजधानी नयाँदिल्लीमा युथ आइकन अवार्डमार्फत सम्मान गरिएको छ । 

शुक्रबार राइजिङ टुइकल फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा युथ आइकन अवार्डबाट खनाल सम्मानित भएका हुन् ।

सानै उमेरमा विभिन्‍न जिल्लामा स्वच्छता अभियानदेखि बाजुरामा अनाथ आश्रम निर्माण गर्दै सामाजिक काममा जुटेका खनाल पछिल्लो समय कैलालीमा हेल्प निडी अभियानबाट मजदुरहरुको घर-घरमा खाद्यान्‍न वितरणमा जुटेका छन् ।  समाजमा उदाहरणीय कार्य गरेको भन्दै फाउन्डेसनले सम्मान गरेको हो ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •