प्रदेश ५ काे राजधानी भालुवाङ,नाम लुम्बिनी राख्ने निर्णयः कतै विराेध, कतै समर्थन


[ss_social_share]
लेखक : लेखापढी      १६ आश्विन २०७७, शुक्रबार २१:३१ मा प्रकाशित     
प्रदेश ५ काे राजधानी भालुवाङ,नाम लुम्बिनी राख्ने निर्णयः कतै विराेध, कतै समर्थन

लेखापढी

लामो समयदेखि अन्याेलमा रहेको प्रदेश ५ को राजधानी दाङको भालुवाङ क्षेत्र बनाउने तथा नाम लुम्बिनी राख्ने प्रदेश ५ मन्त्रीपरिषदले निर्णय गरेको छ ।

शुक्रबार बसेको प्रदेश ५ मन्त्रीपरिषद बैठकले त्यस्तो निर्णय गरेको सामाजिक बिकास मन्त्रीले सुदर्शन बरालले पुष्टि गर्नुभयो ।

दाङका राप्ती र गढवा तथा अर्घाखाँचीको शीतगंगा गाउँपालिका जोडिएको उक्त क्षेत्रमा राजधानी बनाउने निर्णय भएको हो ।  मन्त्रीपरिषदको निर्णय लगत्तै शुक्रबार नै यससम्बन्धी प्रस्ताव प्रदेश सभामा दर्ता भएको छ । प्रस्तावमा प्रदेशकाे नाम लुम्बिनी र राजधानी भालुवाङ राख्ने उल्लेख छ । साथै बुटबलमा सुरक्षाा व्यबस्था कडा बनाइएकाे छ । 

 प्रदेश ५ सरकारले आफ्नो राजधानी दाङको देउखुरीलाई बनाउने प्रस्ताव गरेपछि त्यसको विरोधमा रुपन्देहीमा विरोध सुरु भएको छ । प्रदेश सरकारको उक्त प्रस्तावलगत्तै त्यसको स्वागत र विरोधमा आन्दोलन गरिएको छ । दाङवासीले स्वागत गरेका छन् भने रुपन्देहीमा यसको विरोधमा टाएर बालिएको छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •