गौतमको मुद्दा फेरि हेर्दाहेर्दैमा, बुधबार पुनः सुनुवाई हुने


[ss_social_share]
लेखक : लेखापढी      १६ आश्विन २०७७, शुक्रबार २०:४५ मा प्रकाशित     
गौतमको मुद्दा फेरि हेर्दाहेर्दैमा, बुधबार पुनः सुनुवाई हुने

लेखापढी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाई आज शुक्रबार नसकिएपछि पुनः हेर्दाहेर्दैमा परेको छ । गत बुधबार हेर्दाहेर्दैमा राखिएको रिटमा आज शुक्रबार पुनः सुनुवाई भए पनि नटुङ्गीउपछि पुनः हेर्दाहेर्दैमा राखिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रियसभा, नेकपा केन्द्रीय कार्यालय र गौतमलाई विपक्षी बनाएर असोज ४ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । सो रिटमा असोज ७ गते बुधबार प्रारम्भिक सुनुवाई भएको थियो । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमको सांसद पद हालका लागि यथास्थितिमा राखी संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश गरेको थियो ।
वर्दिया १ बाट पराजित गौतम सांसद र मन्त्री बन्न योग्य नरहेको भन्दै दायर रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाले संवैधानिक इलाशमा  सुनुवाइ गर्दै हुनुहुन्छ ।
मन्त्रिपरिषदको भदौ २९ गतेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेता गौतमलाई असोज १ गते राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नुभएको थियो । गौतमले सोही दिन साँझ ४ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

साभारः गाेरखापत्र

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •