अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र धर्मपत्नीलाई कोरोना सङ्क्रमण


[ss_social_share]
लेखक : लेखापढी      १६ आश्विन २०७७, शुक्रबार १२:३२ मा प्रकाशित     
अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र धर्मपत्नीलाई कोरोना सङ्क्रमण

लेखापढी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँकी धर्मपत्नी मिलानिया ट्रम्पलाई कोरोना सङ्क्रमण भएको छ । अमेरिकी राष्ट्रपतिले ट्विटरमार्फत आफूमा कोरोना पोजेटिभ पाइएको र आफू तत्काल क्वारेन्टाइनमा रहने बताउनुभएको सिएनएनले जनाएको छ ।

राष्ट्रपति ट्रम्पका चिकित्सक तथा नेवी कमान्डर डा. सिन काेन्लीले बिहान एक वक्तव्य जारी गर्दै राष्ट्रपतिलाइ बिहीबार बेलुका काेराेना सङ्क्रमण भएकाे पुष्टि गर्नुभएकाे छ । ‘राष्ट्रपति र प्रथम महिला दुवैजना अहिले ठिक हुनुहुन्छ, र उहाँहरू निकाे नहुन्जेल ह्वाइट हाउसभित्रै बस्ने याेजनामा हुनुहुन्छ ।’ काेन्लीले लेख्नुभएकाे छ । हिक्सले हालै ट्रम्पसँगै धेरैपटक यात्रा गर्नुभएकाे थियाे । 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •