सोनीको प्रति सेकेण्ड ६० फ्रेम फोरके भिडियो खिच्ने क्यामेरा आउदै


सोनीको प्रति सेकेण्ड ६० फ्रेम फोरके भिडियो खिच्ने क्यामेरा आउदै

एजेन्सी- सोनी ए सेभेन(A7) चौंथो क्यामेरा ए सेभेन सिरिजको सफल तेस्रो क्यामेरा पछिको नयाँ मोडल केहि समयमै आउने भएको छ। 
ए सेभेन तेस्रो क्यामेरा सन् २०१८ मा सार्वजनिक भएको थियो । सोनी ए सेभेन आईभी (चौथो) काे केही फिचर बाहिर लिक भएकाे छ । मिड रेन्ज मोडलको यो क्यामेरामा ब्राण्ड न्यू ३० मेगा पिक्सेल सेन्सर, डुअल एसडी कार्ड र सीएफएक्सप्रेस टाइप ए मेमोरी कार्ड स्लट रहने छन । 
अल्फा फ्यामिली भित्रको सबैभन्दा सानो क्यामेरा तेस्रो मोडल फुल फ्रेम मानिन्थ्यो तर, अहिले उक्त स्थान ए सेभेन सी मोडलले लिइसकेकाे छ ।

ए सेभेन चौंथो मोडलमा धेरै फिचरहरु परिबर्तन र सुधार गरिएको देखिन्छ ।   हाईब्रिड सूटर तथा कन्टेन्ट क्रिएटरहरुका लागि एकदमै राम्रो क्यामेरा हो । यो क्यामेराले फोरके भिडीयो प्रति सेकेण्ड ६० फ्रेमसम्म खिच्न सक्छ। तर अहिले बजारमा देखिएका अन्य ब्रान्डेड क्यामेरा  क्यानन ईओएस आर फाइभ, क्यानन ईओएस आर सिक्स र फुजिफिल्म एक्स टी फोर जस्ता क्यामेराले खिच्न सक्दैन र त्यति धेरै फ्रेम खिच्दा समेत क्यामेरा तात्ने समस्या नदेखिने जनाएको छ ।

सोनीमा नयाँ मेनु सिस्टम छ भने यसले ६० फ्रेम प्रति सेकेण्डको फोर के भिडियो लिन सक्छ । भिडियो लिने क्रममा क्यामेरा तात्तिने जस्ता समस्या देखा नपर्ने बताइएकाे छ ।

लिक भएको रिपोर्ट अनुसार यसको बडी ए सेभेन तेस्रोको तुलनामा ठूलो र सजिलो छ । यसमा ३.६८ एम डट इभीएफ र १.४४ एम डट एलसीडी रहेको छ ।

यसमा नयाँ विकसित ३० मेगा पिक्सलको सेन्सर रहेको छ । यदि यी फिचरहरु लिक रिपोर्ट अनुसार सत्य हुन् भने यो क्यामेराको मूल्य २ हजार ४९९ अमेरिकी डलर रहने छ ।