नयाँ डेमु रेल र सरकारको आलोचना : जनतामाझ किन भ्रम?


नयाँ डेमु रेल र सरकारको आलोचना : जनतामाझ किन भ्रम?

 

र्तमान सरकारले गरेका सम्पूर्ण कार्य गलत हुन, यो सरकारले देश बिकासमा गति लिन सकेको छैन, बाहिरी इसारामा चलेको छ भन्ने जस्ता नकारात्मक तथ्यहरु कति सत्य हुन ?

एउटा पुरानो उखान “कागले कान लग्यो भन्दैमा कागको पछी कुद्ने वा आफ्नो कान छाम्ने” ? के हामी सर्बसाधारण जनताले यी गहन बिषयहरु बारे प्याच्च बोल्नु वा कुनै धारणा ब्यक्त गर्नु अघि सत्य-तथ्यको खोजि गर्ने सानो प्रयास मात्र पनि गरेका छौ ? 

केहि समय देखिको हाम्रो सामाजिक चेतना, सामाजिक जिम्मेवारी र हामी आम नेपालीहरुको मानसिकता अध्ययन गर्दै जाँदा हामीहरु एक नकारात्मक स्थितिमा रम्न खोजेका छौ, कहिँ कतै कुनै व्यक्ति समूह वा राजनैतिक पार्टीले कुनै विपक्षीको बिरोध गर्यो, नारा-जुलुस गर्यो भने हामी स्वयं उत्तेजनामा आएर साथ् दिने गरेका हुन्छौ । यस्तो देखिन्छ कि नारा-जुलुस र तोडफोड, हुलदंगा गर्नु नै समस्याको समाधान हो । कसले कुन स्वार्थमा उक्त कार्य गर्दैछ त्यो संग कुनै मतलब हुदैन, कहि कतै सरकार बिरुद्ध आवाज उठेको देख्यो कि मुर्दावाद भन्न रमाइलो लाग्ने गरेको छ । भिडमा गएर चर्को नारा लगाउन खुब खुशी र गर्ब महसुस हुने गरेको छ । 

कुनै यथोचित न्यायको लागि होइन केवल सामाजिक संजालहरुमा पौरख देखाउन वा २-४ तस्बिर राख्न समेत पनि झण्डा समात्नेहरुको कमि छैन। कहिलेकाही त भिडमा रमाउनेहरु पनि  देखिन्छन ।

हुनत यहाँ हामीले सबै गलत कार्यको बिरोध गर्नु हुदैन, आँखा चिम्लेर सरकारको समर्थन मात्र गर्नुपर्छ भन्ने आशय पक्कै होइन तर बिगतमा भएका विभिन्न नारा-जुलुस, बिरोध कार्यक्रममा संग्लग्न साथीभाई र अन्य धेरै व्यक्तिहरुसंगको सत्यतथ्य बुझ्दा कतिलाई त किन बिरोध हुदैछ भन्ने कुराको सामान्य जानकारी समेत नभएको पाए । पर नारा-जुलुस देखे अनि मैले नि साथ दिए, त्यतिकै घुम्दै बाहिर निस्केको थिए २-३ जना चिनेको साथीहरु रहेछन अनि म पनि मुर्दाबाद भन्दै अघि बढे… भन्नेहरुको जमात पनि सजिलै देखिन्छ । सत्यतथ्य खोज्नु पर्दछ भन्ने कुरा हामी बिर्सिदै गएका छौ। अनेक हल्ला, अफवाह वा लहलहमै लाग्ने गरेका छौ । कुनै यथोचित न्यायको लागि होइन केवल सामाजिक संजालहरुमा पौरख देखाउन वा २-४ तस्बिर राख्न समेत पनि झण्डा समात्नेहरुको कमि छैन। कहिलेकाही त भिडमा रमाउनेहरु देखिन्छन ।

केहि दिन अघि भारतमा निर्मित आधुनिक दुई रेल नेपाल भित्रियो । उक्त खबर साथै नयाँ रातो-निलो रंगमा सजिएको चिल्लो रेलको फोटोहरु अधिकांस नेपालीहरुको सामाजिक संजालमा सजियो । करिब ७ बर्ष देखि बन्द भएको रेल सेवा सुचारु हुने आशामा स्थानीय तराई बासीहरु औधी रमाएको पनि देखियो। उक्त क्षण पक्कै पनि खुशीमै रमाउने समय थियो। तर…

तर रेल जनकपुर पुगेकै दिन देखि केहि राजनैतिक विश्लेषक तथा सामाजिक प्रभावशाली व्यक्तित्त्वहरुले अनेक अभिव्यक्ति सार्बजनिक गरे, केहिले पुरानो भारतीय रेललाइ रंग्याएर नेपाल ल्याएको भनेका थिए, कसैले भारतले अनुदान स्वरूप दिएको भनेका छन, अनेक विश्लेषकका अनेक बिचार ब्यक्त गरिएको देखिन्छ । के त्यो सबै सत्य हो ?

खराब मनोबृति बिरुद्ध हामि बोल्ने वा हो हो भन्दै साथ   दिने ? सत्यलाइ सत्य र असत्यलाई असत्य भन्न सक्नुपर्छ।

नयाँ रेलको सत्यतथ्य बारे रेल विभागलाई थाहा हुन्छ कि राजनैतिक विश्लेषकहरुलाई भन्ने कुरा बुझ्न गार्हो बिषय पक्कै होइन । खराब मनोबृति बिरुद्ध हामि बोल्ने वा हो हो भन्दै साथ दिने ? सत्यलाइ सत्य र असत्यलाई असत्य भन्न सक्नुपर्छ।

२० करोडमा आउने रेल ४२ करोड हालेर नेपालले किन्यो भन्ने बिषयमा पनि अध्ययन गर्दा सोहि रेल श्रीलंका सरकारले पनि सोहि कम्पनि बाट किनेर श्रीलंका लगेको देखिन्छ । अनेक हावादारी, भ्रामक प्रचार गर्ने अनेक महापुरुषहरुले श्रीलंका सरकारले कति पैसामा सो रेल किन्यो भन्ने कुराको अध्ययन नगरी किन नेपाल सरकार बिरुद्ध तिखा टिप्पणी र सर्बसाधारण जनतालाई भड्काउने कार्य गरेको ? कुनै गलत कार्यमा सरकारको आलोचना गर्नु, सरकारलाई दबाब दिनु उचित हो तर राम्रा कामको तारिफ गर्न पनि हामीले बिर्सनु हुदैन। 

आखिर के हो डेमु रेल  ? 

नेपालले खरिद गरेको Computerized operating system भएको DEMU RACK (train) इन्जिन AC to AC propulsion बाट AC to AC traction motor engine भएको रेल हो। DEMU (Diesel electric multiple unit) रेल नेपालमै पहिलो पल्ट भित्रिएको हो । झन्डै २०० बर्षको इतिहास भएको लगभग १५ हजार वटा रेल चलाउने र विश्वकै ठुलो रेल संजाल भएको भारतले पनि करिब ५ बर्ष अघि सन २०१५ मा मात्रै DEMU rail प्रबिधि भित्र्याएको देखिन्छ। तसर्थ गलत अभिव्यक्ति दिने महाशयहरुले कुन इतिहास पढेर ५० बर्ष पुरानो प्रबिधि भनेर आम जनता बीच भ्रम छरेका हुन त्यो बुद्दिजिविबर्गले आफै बुझ्नुस। पुर्ण रुपमा कम्प्युटराइज्ड प्रबिधि भएको डेमु रेल कुन हिसाबकिताबले ५० बर्ष पुरानो रेल प्रबिधि हुनसक्छ ? जबकी ५०बर्ष अघि कम्प्युटर आम रुपमा सजिलै प्रयोग भएको थिएन। बिरोध गर्नुको पनि सिमा हुन्छ होला, सधै जनता बीच भ्रम छर्नु ठिक होइन ।
केहि दिन अघि मात्र नेपाल रेल विभागका महानिर्देशक गुरु भट्टराई ले यसै आर्थिक बर्षमा ५२ किमी (जयनगर-बिजलपुरा) रेल चलाउने साथै कुर्था देखी बिजलपुराको थप १७ किमी रेल्वे ट्र्याक आगामी फेब्रुअरीमा निर्माण गर्दै गरेको इरकन कम्पनिले प्रतिबद्धता गरेको अभिव्यक्त सामाजिक संजालमा देखेका कारण पनि हामीले केहि धैर्य र काम गर्ने वाताबरण किन नबनाउने । 

झन्डै २०० बर्षको इतिहास भएको लगभग १५ हजार वटा रेल चलाउने र विश्वकै ठुलो रेल संजाल भएको भारतले पनि करिब ५ बर्ष अघि सन २०१५ मा मात्रै DEMU rail प्रबिधि भित्र्याएको देखिन्छ।

नेपाल रेल्वेको इतिहास खोतल्दै जाने हो भने अंग्रेजहरुले भारतमा शासन गर्दा वि. स. १९९४ साल तिर महोत्तरी जंगलबाट सालको गोलिया काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर ५२ किलोमिटर सञ्चालनमा रहेको थियो।

प्रधानमन्त्री चन्द्र शमसेर जबराको ठुलो प्रयासले जनकपुर–जयनगर रेलसेवा सञ्चालन गर्ने क्रममा तत्कालीन दरभंगा महाराज (भारत स्वतन्त्र हुनुपूर्वका राजा) सँग बि.स. १९९४ तीर भारतीय भूमि भाडामा लिएको थियो । दरभंगा महाराज र नेपाल सरकारबीच भएको भूमि सम्झौतामा रेलसेवा सञ्चालन रहेसम्म भारतीय भूमि नेपालले प्रयोग गर्न पाउने सम्झौता उल्लेख छ । 

तत्कालिन समयमा इन्धनको रूपमा कोइला तथा दाउरा प्रयोग गरी चल्ने रेल वि.स.२०१८ सालदेखि यात्रु ओसारपसार कार्यको थालनी गरेको थियो । वि.स.२०२१ सालसम्म नेपाल यातायात संस्थानको एउटा शाखाको रूपमा थियो जनकपुर रेल्वे । रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले ०२१ सालमा नेपाल यातायात संस्थान अन्तर्गत राखिएको थियो । ०२५ सालमा सरकारले यसको नाम जनकपुर–जयनगर रेल्वे राख्यो। रेल्वेको पहिलो प्रबन्धकको रूपमा टेकजंग थापा नियुक्त भएका थिए। ०५१ सालदेखि भारत सरकारको सहयोगमा १८ बोगीसहित चारवटा डिजेल पावर इन्जिन प्राप्त भएपछि आधुनिक रेलसेवा सञ्चालन भएको थियो ।  २०५९ सालमा आएको बाढीबाट बिग्ही पुल क्षतिग्रस्त भए पश्च्यात रेलसेवा जनकपुरदेखि जयनगर २९ किलोमिटरमा सीमित हुन पुगेको थियो । जनकपुर–जयनगरका लागि दैनिक तीन सेवा सञ्चालन हुने गरेको थियो । 

नेपाल रेल्वेको इतिहास पक्कै पनि राणा प्रधानमन्त्रीकै कार्यकालमा सुरुवात भएको कुरा सर्बबिदित नै छ र इतिहास साक्षी छ तर अहिले बर्तमान सरकार उक्त कार्यलाई आधुनिक तरिकाले ब्यबस्थापन गर्दै अघि बढ्नुलाई होच्याउनु वा निरुत्साहित गर्नुको कुनै अर्थ छैन ।

बि.स. २०५८ मंसिर मसान्तमा यातायात संस्थान विघटन भयो र ०६१ जेठ १८ गते रेल्वे सेवालाई नेपाल रेल कम्पनीको रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएपछि जनकपुर–जयनगर रेल्वे नेपाल रेल्वेको रूपमा हालसम्म चिनिएको हो ।

नेपाल रेल्वेको इतिहास पक्कै पनि राणा प्रधानमन्त्रीकै कार्यकालमा सुरुवात भएको कुरा सर्बबिदित नै छ र इतिहास साक्षी छ तर अहिले बर्तमान सरकारले उक्त कार्यलाई आधुनिक तरिकाले ब्यबस्थापन गर्दै अघि बढ्नुलाई होच्याउनु वा निरुत्साहित गर्नुको कुनै अर्थ छैन । हामीले नै अमुल्य मत दिएर बनाएको सरकारको बिरोध मात्र होइन राम्रो कामको सम्मान पनि गर्न सक्नुपर्दछ साथै सत्यतथ्य बुझेर मात्र अघि बढ्नु पर्दछ भन्ने लाग्दछ।


डी. चन्द ठकुरी 
सुदुरपस्चिम 
(आलेख, नयाँ डेमु रेलबारे सामाजिक संजालहरुमा ब्याप्त अनेक भ्रम र गलत अफवाहहरुलाई अध्ययन गरि निष्पक्ष स्वतन्त्र तवरले तयार पारिएको हो)