सर्वोच्चको आदेश : वर्षको ६ पटक र एक पटकमा ‘५ लिटर रक्सी, १० लिटर जाँड बनाउन दिनू’


सर्वोच्चको आदेश : वर्षको ६ पटक र एक पटकमा  ‘५ लिटर रक्सी, १० लिटर जाँड बनाउन दिनू’

काठमाडौं । सर्वोच्च अदालतले घरेलु मदिरा उत्पादनमा पूर्ण प्रतिबन्ध लगाउन अस्वीकार गरेको छ । सर्वोच्चले घरेलु मदिरा उत्पादनमा पूर्णरुपमा रोक नलगाई वर्षको ६ पटक सम्म मदिरा उत्पादन गर्न दिने फैसला गरेको हो ।

न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले गरेको फैसलाको पूर्णपाठमा एकपटकमा पाँच लिटर मदिरा र १० लिटर जाँड घरेलु रूपमा उत्पादन गर्न दिने उल्लेख छ ।

यस विषयमा अनुगमन, नियमन र नियन्त्रणका लागि मौजुदा कानुनमा कडाइ गर्न पनि सर्वोच्चले सरकारका निकायलाई आदेश दिएको छ। गत माघमा भएको फैसलाको सोमबार सार्वजनिक पूर्ण पाठमा यस्तो उल्लेख छ।