अंकुर चन्दको गजल


अंकुर चन्दको गजल

छ आस्थाको बिम्ब, ढलाई नजानु !
मलाई यादमा , जलाई नजानु !!

ल्याएको छु फूल, तिम्रै लागि भनी,
समिपै नआई, नलाई नजानु !!

गरी नाटक त्यो, अनौठो प्रेमको,
गोली त्यो घातको, चलाई नजानु!!

जोडिएको मुटु, फुटाइ सजिलै,
आँशुमा डुबाई,गलाई नजानु !!

यो अङ्कुर तिम्रो, भलाइ पो खोज्छ,
आशु डिलमा, टल्पलाई नजानु !!


अंकुर चन्द 
बेदकोट नगरपालिका
कंचनपुर, सुदुरपस्चिम