जलिरहेको चिता


[ss_social_share]
लेखक : लेखापढी      ११ आश्विन २०७७, आईतवार २२:०३ मा प्रकाशित     
जलिरहेको चिता

मर्निङ वाक, प्रायः सबैको दिनचर्या, म पनि त्यसबाट अछुतो थिएन। बिहान मित्रपार्क घरबाट शुरु मेरो मर्निङवाकले धेरैजसो गुह्येश्वरी मन्दिर हुँदै पशुपति मन्दिरको प्राङ्गणमा आएर बिश्राम लिन्थ्यो। म धर्ममा त्यति धेरै लित्ती लाग्ने मान्छे त हैन, नास्तिक पनि हैन।

“मैले यति पूजा पाठ गरेर त भगवानले हेरेका छन नि ” – उनको सधैं एउटै जवाफ हुन्थ्यो । “हो हो तिम्रै भगवानले हो । दिन रात दिमाग र हातखुट्टा कस्ले खियाउँछ ?” – म भुत्भुताउँथे ।


धर्ममा भन्दा कर्ममा जोड दिन्थें। तर मेरी श्रीमतीको ठिक विपरित सोच । बिहानको झण्डै २ देखि ३ घण्टा त उनको पूजा पाठमै बित्दथ्यो । बिष्णु सहस्रानाम, हनुमान चालीसा, गणेश स्त्रोत्र, लक्ष्मि स्त्रोत्र । के के हो ? के के ? पाठ पनि । सबै एकै दिन सिध्याउने चेष्ठा गर्थिन् ।

“ए बुढी साह्रै लामो हुन्छ हौ तिम्रो पाठ….. एक दिन एउटाको मात्र पाठ गरन् । मंगलबार गणेशको । बुधबार हनुमान ।” कहिलेकाहीँ झर्को लागेर भन्छु ।
“मैले यति पूजा पाठ गरेर त भगवानले हेरेका छन नि ” -उनको सधैं एउटै जवाफ हुन्थ्यो ।
“हो हो तिम्रै भगवानले हो । दिन रात दिमाग र हातखुट्टा कस्ले खियाउँछ ?”-म भुत्भुताउँथे ।

केहि समय पछि एक युवक आएर म बसेकै बेन्चको छेउमा बस्यो।  उ एकचित्त भएर तल जलिरहेको चितालाई हेरिरह्यो । हेर्दा हेर्दै एक छिन पछि उसको आँखा टिल्पिलाएर आँशु झर्न थाल्यो । आँखै पोल्ने धुवाँ धुलो पनि आएको छैन । अचम्म लाग्दै सोधें ।

सानो परिवार । छोरा-छोरी दुबै विदेशीएका । घरमा हामी दुई बुढाबुढी टक्रयाक् टुक्रुक् । म सरकारी प्रशासनिक अधिकृत । श्रीमती गृहिणी । पहिला प्रईभेट फर्ममा काम गर्थिन। स्वास्थले साथ नदिएपछि छाड्न कर गरें । काम छाडे पछि धर्मकर्ममा धेरै ध्यान दिन थालेकी थिईन् ।
“ए हजुर ! आज सोमबार। पशुपति दर्शन गर्न जाउँ है ?” आज मेरो अफिस छुट्टीको मौकामा उनले भनिहालिन ।
आ… ! म त जान्न है । बिहान मात्र ढोका बाहिरबाटै दर्शन गरेर आको धेरै भिड छ । फेरि मलाई त्यो लाईनमा बसेर दर्शन गर्न साह्रै गाह्रो लाग्छ ।
“हजुरलाई कस्ले लाईनमा बस्नु भनेको छ त ? त्यहाँ सम्म साथी हिड्नु मात्र पो भनेकी। म चाहिँ हजुरको लागि भनेर कति थोक गर्छु । हजुर चाहिँ….” । उनी ठुस्किन थालिन् ।
‘जानै पर्ला…। नगए कति दिन सम्म ठुस्किने हो फेरी ?’ सोच्न थाले । दिउँसोको समय पारेर हामी लाग्यौं पशुपति तिर। भिंड पातलिएको थिएन ।

“ल तिमी आरामले दर्शन गर्नु म पारी तिर हुन्छु । दर्शन सकेपछि कल गर्नु ।”
श्रीमतीलाई मन्दिरको मूल ढोकामा छाडेर म मन्दिर पारी तिर जान्छु। पारीबाट मन्दिरको दृश्यावलोकन गर्नुको छुट्टै मजा हुन्छ। म त झन
बिहानको मर्निङ वाकमा सधैं यहीँ आएर १०-१५ मिनेट आराम गर्थें ।

उसलाई फेरि भेट हुने आशामा मेरो आँखा टट्ट्याए। श्रीमती सगैं मन्दिर जान पन्छिने म केही नभनि चुपचाप साथ दिन्थे। ममा आएको परिवर्तनले उनी अचम्म थिईन तर केही भनिनन। बिचरीलाई के थाहा मन्दिर दर्शन गर्न होइन, म कसैको खोजीमा थिएँ । बिहान नभेटिए पनि दिउँसो वा बेलुका भेटिन्छ कि भनेर एक-दुई पटक भौतारिए पनि तर मेरो आशमा तुषारापात भयो ।

एउटा बेन्च खाली थियो । त्यहीँ बसेर मन्दिर वरपर अवलोकन गर्न थालें । कुनै बेला परेवाहरु एक झुण्ड बनाएर उड्थे । घरिघरि बाँदरहरु मिठो खानाको लागि च्याँ च्याँ चीँ चीँ गर्दै झगडा गर्थे भने बेला बेलामा चिताको धुवाँ र गन्धले उकुस मुकुस बनाउँथ्यो ।
केहि समय पछि एक युवक आएर म बसेकै बेन्चको छेउमा बस्यो।  उ एकचित्त भएर तल जलिरहेको चितालाई हेरिरह्यो । हेर्दा हेर्दै एक छिन पछि उसको आँखा टिल्पिलाएर आँशु झर्न थाल्यो । आँखै पोल्ने धुवाँ धुलो पनि आएको छैन । अचम्म लाग्दै सोधें ।

“के भयो भाइ? किन रोएको ?”

झस्कदैं उसले हतपत आँशु पुछ्यो । केही भएको छैन, उसको बोलीमा रोदन थियो। उठ्न खज्यो ।
“तिम्रो कोही आफन्त बित्नुभएको हो?”
होइन… यति भनेर उ फटाफट हिडिं हाल्यो । म झन अचम्भित भएँ । एकहोरो पर सम्म उ गएको हेरिरहें ।

फोनको घण्टीले मेरो तन्द्रा टुट्यो ।
“हेलो हजुर कता ? म त मन्दिर बाहिर आईसकें” अर्को तिर श्रीमतीको आवाज थियो ।
ए.. होर.. म आईहालें । फोन काट्दै म उठें ।

बाटो भरी हामि बुढाबुढीको केही कुरा भएन । मेरो ध्यान त्यही युवकमा केन्द्रित थियो ।
हैन के भो हजुरलाई  ? म मौन रहेको देखेर उनले सोधिन् ।
“हँ ! केहि भएको छैन ।”– म सिधै झुठ बोल्छु। तर दिमागमा त्यही युवक घुमिरहेको थियो । किन रोयो ?
चितामा जलिरहेको मान्छे उसको आफन्त पनि हैन भन्छ ? कतै त्यसको दिमाग खुस्केको त हैन ? मनमा अनेक कुराले खेलाइरह्यो ।

उसलाई फेरि भेट हुने आशामा मेरो आँखा टट्ट्याए। श्रीमती सगैं मन्दिर जान पन्छिने म केही नभनि चुपचाप साथ दिन्थे। ममा आएको परिवर्तनले उनी अचम्म थिईन तर केही भनिनन।
बिचरीलाई के थाहा मन्दिर दर्शन गर्न होइन, म कसैको खोजीमा थिएँ । बिहान नभेटिए पनि दिउँसो वा बेलुका भेटिन्छ कि भनेर एक-दुई पटक भौतारिए पनि तर मेरो आशमा तुषारापात भयो ।

‘खोज्दा त देउता पनि भेटिन्छन’ भने झैं एकदिन बिहानै सोही ठाउँमा उ सँग जम्का भेट भयो। उ त्यसै गरि आँखा भरि आँशु पारेर जलिरहेको चितामा नियाल्दै टोल्हाईरहेको थियो। अकस्मात मलाई अघाडि देखेर उ आँशु पुछ्दै उठेर हिड्न लाग्यो। मैले उसलाई रोक्न खोजें ।
“ए भाइ पर्ख त !” तर उसले सुने नसुने झैं गरेर छिटो छिटो पाईला चाल्न थाल्यो ।
हातमा परेको माछा उम्किए झैं भयो। उसको पछिपछि लागेर अझ कड्केर बोलाउँछु ….
“ए भाइ पर्ख भन्या !”

उसको नजिक रहेको प्रहरी जवानले एक्कासी उसलाई समाउछ । उ फुत्किन खोज्छ । तर प्रहरी जवानको दह्रो हातको अगाडि उसको केही लाग्दैन ।
“छाड्नुस मलाई । मैले केही गरेकै छैन । किन समाउनु भएको ? ” उ प्रहरीलाई बिन्तीभाउ गर्दै थियो ।
मैले चिनेको प्रहरी जवान रहेछन। मलाई देख्ने बितिक्कै आफ्नै शैलीमा “जय नेपाल हजुर” भन्दै प्रश्न गरे..
“यसले हजुरको केही लिएर भागेको हो ?”

“ए ! हैन उ चिनेजानेकै भाइ हो । त्यही भएर बोलाएको” मैले जवाफ दिएँ ।
“ए । सरि है भाइ के गर्नु डियुटी हो। यता तिर तिम्रा उमेरकाले कहिले के कहिले के चोरेर, लुटेर, फटाहा कम गर्दै हिडेका हुन्छन… ।”
जवान स्पस्टिकरण दिदैं थिए मैले बिचमै कुरा काटिहलें ।
“हैन उ त्यस्तो हैन । उ त मेरै छिमेकी भाइ हो ।”- सरासर झुट बोलें ।

प्रहरी जवानबाट फुत्किएर केही अगाडि पुगेपछि म उसलाई ‘चिया खाने’ भनि सोध्छु ।
….नबोलि इसारामै सहमति जनाउछ।

बिहान चिया पिउने मेरो बानि थिएन तर उसको कथाव्यथा बुझ्न चियाको प्रस्ताब गरेको थिएँ । हामी दुई नजिकैको चिया पसलमा छिर्यौं । खासै भिडभाड थिएन । कुनाको टेबुल कुर्सी छानेर बस्यौं ।

“ए बाबु कता हिडेको? पर्खि ” पछाडिबाट आमाले कराउँदै हुनुहुन्थ्यो । म फटाफट बाटो काट्न लागें । अर्को तर्फबाट हुँईकिंदै आएको बस मैले देख्दै देखिन । अचानक मलाई कसैले हुत्यायो । म हुत्तिएर अर्कोपट्टि बाटोको छेउ रहेको बिजुलीको खम्बामा बेस्सरी ठोक्किन पुगें। मेरो आँखामा अध्यारो छायो ।

“अनि भाइको घर कहाँ हो ? चियाको पर्खाई सगैं सोध्न पुग्छु ।
“पेप्सिकोला”!!
घर पेप्सिकोला। परिवारमा बा, आमा र सानो भाइ। बा आर्मिमा, अलि कडा स्वभावका । उ नेपाल कमर्श क्याम्पसमा बि. बि. एस. प्रथम वर्ष अध्ययनरत ।
यत्तिकैमा चिया नास्ता पनि आईपुग्यो । चियाको सुर्को सँगै सोँधे “अनि किन रोएको?”
उ केही बोलेन । उसको आँखा रसाउन थाल्यो । केही बेर पछि उसले आँशु पुछ्दै छ-सात वर्ष अघिको घटना बताउन थाल्यो….
म अलि जिद्दी थिएँ । आमासँग जे कुरामा पनि असाध्यै जिद्दी गर्दथे । एक दिन आमा र म बजार गयौं । बाटो वारिपट्टी घरायसी सामान किन्न थाल्नु भयो । म चाहीँ पारिपट्टि रहेको पसल निहाल्न थालें । खेलकुद सामाग्रिको पसल थियो । पसलमा बिभिन्न देशका फुटबल ड्रेसहरु झुण्डिरहेका थिए । विश्वकप फुटबल नजिकै आउँदै थियो । म ब्राजिलको फ्यान । ब्राजिलको ड्रेसमा आँखा गड्यो ।
“आमा मलाई त्यो ड्रेस किनिदिनु न भने
“पर्दैन पर्दैन तँलाई जे देख्यो त्यही चाहिने ?-आमाले मान्नु भएन ।
म जिद्दी गर्न थालें । आमाले नकार्दै जानु भयो ।
“म त किन्छु किन्छु ” जिद्दी गर्दै त्यो पसल तिर लम्के ।
“ए बाबु कता हिडेको? पर्खि” पछाडिबाट आमाले कराउँदै हुनुहुन्थ्यो ।
म फटाफट बाटो काट्न लागें । अर्को तर्फबाट हुँईकिंदै आएको बस मैले देख्दै देखिन । अचानक मलाई कसैले हुत्यायो । म हुत्तिएर अर्कोपट्टि बाटोको छेउ रहेको बिजुलीको खम्बामा बेस्सरी ठोक्किन पुगें। मेरो आँखामा अध्यारो छायो ।

“आमा….” भनि चिच्याँए । तर आमाको जवाफ आएन । त्यहाँ वरिपरि मानिसहरु जम्मा भएर हल्लीखल्ली गरेको कानले सुनिरहेको थिएँ तर आँखाले केही पनि देखेन निष्पट अध्यायारो बाहेक । मैले आँखा मिचेर हेर्न खोजें तैपनि देखिएन । मानिसहरु हल्लीखल्ली गर्दै थिए । कोही एम्बुलेन्स बोला भन्दै थिए। कोही ड्राईभरलाई ठोक भन्दै थिए । त्यसै बीच मलाई केहीले उठाउँदै भने “टाउकोमा चोट लागेछ…बाँच्छ होला ?
“ए त्यो लासलाई कोहि नछुनु है प्रहरी नआउनजेल” मलाई समाउने मध्ये एकले कराउँदै भन्यो ।
“आमा…” मेरो मुखबाट चिच्याहट निस्कियो र म बेहाेस भएछु।

हस्पिटलमा दुई दिन पछि मेरो होस खुलेछ। टाउको दुखिरहेको थियो । छामे पट्टी बाँधेको रहेछ ।
खत्र्याकखुत्रुक आवाज आयो कानले सुन्यो तर आँखाले केही देखिरहेको थिएन। छामे त्यहाँ पनि पट्टी रहेछ…
“मेरो आँखा” भन्दै उठ्न खोजें ।
“ए ! सुत सुत… उठ्ने होइन । तिम्रो आँखा एक दुई दिनमा ठिक हुन्छ” -सायद नर्स थिईन ।
“मेरी आमा खोई ?- मैले सोध्न खोजे ।

चार दिनपछि मेरो आँखाको पट्टी खोलियो । “तिमी भाग्यमानि रहेछौ । तिम्री आमाले तिमीलाई आँखा दिएर गईन् ।” डक्टरले भन्दै गए । मैले बुझिहाले…|

“ल ! तिमी भर्खरै मात्र होसमा आएका छौ। धेरै नबोल। म एउटा सुई लगाईदिन्छु तिमीलाई आराम हुन्छ ।” – उनले कुरा अन्तै मोडीन ।
आमाको बारेमा बालाई र मलाई भेट्न आउने सबैलाई सोधें । कसैले प्रस्ट जवाफ दिएनन् । पक्कै केही भयो..!!
सोच्न बाध्य गरायो । ‘हे भगवान मेरी आमालाई केही नहोस’, भगवानलाई पुकार्न थालें ।’
चार दिनपछि मेरो आँखाको पट्टी खोलियो ।
“तिमी भाग्यमानि रहेछौ । तिम्री आमाले तिमीलाई आँखा दिएर गईन् ।” डक्टरले भन्दै गए । मैले बुझिहाले…|

मेरी आमा मलाई छाडेर कहिल्यै नफर्किने गरि गईन् । डाँको छाडेर रुन थालें । मेरी आमा मसँग थिईनन तर उनको नासोले मलाई संसार देखाईरहेको थियो । आमा बितेको दुई वर्ष पछि बाले अर्कि आमा भित्राउनु भयो । केही वर्ष त राम्रै बिते पछिपछि बा र नयाँ आमा दुबैमा परिवर्तन आउन थाल्यो ।

सौतिनी आमाको वचनबाण र बाको कुटाई मलाई असैह्य हुन थाल्यो । जुन दिन अधिक पीडा हुन्छ म यहाँ आएर जलिरहेको चितामा आमालाई निहाल्छु र सोध्छु…..
“मलाई एक्लै छाडेर किन गयौ आमा ???


मनीष कुमार शर्मा ‘समित’
ठिमी, भक्तपुर
(निरन्तर रुपमा उत्कृस्ट साहित्यिक रचनाहरु पठाउनुहुने “मनिश कुमार शर्मा ‘समित’”ज्यू प्रति हार्दिक आभार ब्यक्त साथै निरन्तरताको कामना गर्दछौ – लेखापढी मिडया )


(समित ज्युको लघुकथा पढ़नुहोला: मृत्यु-इच्छा (लघुकथा)


हजुरहरुका लेख-रचनाहरु हामीलाई ईमेल गर्न सक्नुहुन्छ ।
lekhapadhee@gmail.com
Visit us:  www.lekhapadhee.com

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •