आइतबार थप १ हजार ५७३ जनामा कोरोना पुष्टि, थप १० जनाको मृत्यु


आइतबार थप १ हजार ५७३ जनामा कोरोना पुष्टि, थप १० जनाको मृत्यु

बितको २४ घण्टामा देशभर १५७३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार गत चौबीस घण्टामा १० जनाको कोभिड १९ का कारण ज्यान गएको छ।

देशभर जम्मा सक्रिय सङ्क्रमित १९,०१९ जना रहेका छन्।

तीमध्ये संस्थागत आइसोलेशनमा ८,३२१ जना छन् भने होम आइसोलेशनमा १०६९८जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत चौबीस घण्टामा ८८५ जना कोरोनाभाइरस सङ्क्रमणमुक्त भएका छन्।

हालसम्म कुल सञ्चो हुनेको सङ्ख्या ५३,८९८ छ भने कुल सङ्क्रमितको सङ्ख्या ७३,३९४रहेको छ।

आइतवार पीसीआर १०,१२३ जनाकाे परीक्षण गरिएको थियो।