अंकुर चन्दको गजल


[ss_social_share]
लेखक : लेखापढी      १० आश्विन २०७७, शनिबार ०९:५६ मा प्रकाशित     
अंकुर चन्दको गजल

सुनौलो यो संसार, छ रे जिन्दगीमा !
मृत्युको अधिकार, छ रे जिन्दगीमा !!

गर्भमै छँदा गरेको, मृत्युसँग हाम्रो,
सम्झौता र करार, छ रे जिन्दगीमा !!

कुन दिन पो लिलाम, हुन्छ थाहा छैन,
बाँच्नु पनि उधार, छ रे जिन्दगीमा !!

पोखु कि नपोखु, खुशीलाई जितमा,
जितसँगै पनि हार, छ रे जिन्दगीमा !!

जिन्दगी यात्रा हो रे, कठिन संघर्षको,
तर्नुपर्ने धेरै जंघार,छ रे जिन्दगीमा !!


अंकुर चन्द 
बेदकोट नगरपालिका 

कंचनपुर, सुदुरपस्चिम 
50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •