बहराइनका राजकुमारको टोली हिमाल आरोहणका लागि लुक्लामा


[ss_social_share]
लेखक : लेखापढी      ८ आश्विन २०७७, बिहीबार १९:४८ मा प्रकाशित     
बहराइनका राजकुमारको टोली हिमाल आरोहणका लागि लुक्लामा

सोलुखुम्बु, असोज ८ गते । नेपालका हिमाल आरोहणका लागि नेपाल आउनुभएका बहराइनका राजकुमारको टोली बिहीबार सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आइपुगेको छ । टोलीले सोलुखुम्बुको छ हजार ११९ मिटरको उचाईं रहेको लुबुचे हिमाल आरोहण गर्नेछ । बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफाको १५ सदस्यीय टोली र तीन बेलायती नागरिकको टोली लुक्ला पुगेको नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख मुकेशराज -दाहालले जानकारी दिनुभयो ।

राजकुमारसहितका पाँच जना हेलिकप्टरबाट लुक्ला प्रस्थान गरेका हुन् । गाइड, टोली नेता, सम्पर्क अधिकृत गरी करिब २१ जना थप टोलीमा समावेश गरेर लोबुचे हिमाल आरोहण गर्ने कार्यक्रम रहेको बताइएको छ । टोलीका अन्य सदस्य, पथप्रदर्शक तथा अन्य सहयोगी भने दुई वटा जहाजबाट लुक्ला पुगेका छन् । टोली बिहीबार लुक्ला नजिक रहेको फाक्दिङमा बस्ने बताइएको छ । नेपालमा कोरोना महामारीपछि विदेशबाट हिमाल आरोहण गर्न आएको यो पहिलो टोली हो ।

टोलीले नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणको अनुमति लिएको छ । पत्रकार, भिडियो ग्राफर सहितको टोली लुक्लाको मौसम खराबीका कारण फाप्लु विमानस्थलमा मौसम खुल्ने पर्खाइमा रहेको फाप्लु विमानस्थलका प्रमुख प्रकाश शर्माले जानकारी दिनुभयो । भदौ ३१ गते नेपाल आएको टोली गोकर्ण फरेस्ट रिसोर्टको क्वारेन्टिनको बसाईंपछि कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएपछि लुक्ला आएको हो । लोबुचे हिमाल आरोहणको प्रतिव्यक्ति राजस्व १२५ अमेरिकी डलर तोकिएको छ । राजकुमारको टोली सेभेन समिट ट्रेक मार्फत ११ दिनमा लोबुचे आरोहण गरी फर्किने कार्यक्रम छ । नेपाल सरकारले निर्धारण गरेका स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना गरेर पर्वतारोहण गर्न विभागको निर्देशन छ। –gorkhapatra, सन्तोष राउत

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •