पर्यटन क्षेत्रलाई ब्युताउन नेपाल पर्यटन बोर्डले प्रदेशहरुमा पर्यटन मार्ट आयोजना


[ss_social_share]
लेखक : लेखापढी      ८ आश्विन २०७७, बिहीबार १५:३० मा प्रकाशित     
पर्यटन क्षेत्रलाई ब्युताउन नेपाल पर्यटन बोर्डले प्रदेशहरुमा पर्यटन मार्ट आयोजना

काठमाडौं । बिस्वभर कोरोना भाइरसका कारण  सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र भएको छ । नेपाल सरकारले पर्यटन क्षेत्रमा पुनउर्द्धारका लागि  प्रदेशहरुमा ट्राभल मार्ट आयोजना गर्ने भएको छ ।

प्रदेश भित्र रहेका पर्यटकीय सम्भावनाको उजागर गर्न र त्यसलाई पर्यटकीय उत्पादनका रुपमा बजारीकरण गर्न यस्तो मार्ट महत्वपूर्ण हुने विश्वासमा नेपाल पर्यटन बोर्डले आफ्नो बार्षिक नीति तथा कार्यक्रम र बजेटमा यस्तो योजना समेटेको हो । ।
नेपाल पर्यटन बोर्डले २०/२० लाख रुपैयाँ बजेट छुट्याई हरेक ट्राभल मार्टमा खर्च हुने गरी यो चालु आर्थिक वर्षका लागि योजना बनाएको छ। यी मार्टहरु प्रदेश सरकार र प्रदेश पर्यटन मन्त्रालयसँगको समन्वयमा आयोजना हुने भएका छन् । मार्टले आन्तरिक र बाहृय पर्यटक आकषिर्त गर्न सहयोग पुग्ने अपेक्षा बोर्डको छ । 
कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई जिवित राख्न हिमालयन ट्राभल मार्ट, बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट, एभरेष्ट समिटर्स समिट, धार्मिक पर्यटन समिट, हेरिटेज, आर्ट तथा कल्चर टुरिज्म मार्ट यो वर्ष आयोजना हुने भएका छन् ।

प्रदेशगत रुपमा आयोजना हुने मार्ट यस प्रकार रहने छन :
प्रदेश नं १ : इस्ट ट्राभल मार्ट

प्रदेश नं २ : मिथिला ट्राभल मार्ट
बागमती : बागमती ट्राभल मार्ट
प्रदेश नं ५ : लुम्बिनी ट्राभल मार्ट
कर्णाली प्रदेश : कर्णाली ट्राभल मार्ट
सुदुरपश्चिम प्रदेश : वेस्ट ट्राभल मार्ट

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •