घरको आइसोलेसनबाटै जित्नुभयो १०६ वर्षका ज्येष्ठ नागरिकले कोरोना


घरको आइसोलेसनबाटै जित्नुभयो १०६ वर्षका ज्येष्ठ नागरिकले कोरोना

झापा ।  कपाल र दाह्री हिउँ जस्तै सेतै, पातलो शरीर मुखमा खिइएका केही दात बाँकी छन् । उठ्न बस्न वरपर हिँड्न लौरो सहारा विना हुँदैन । कपाल दाह्री फुलेर सेतै भए झैँ सँधै सेतो सफा बस्त्र पहिरने गर्नुहुन्छ । अधिकांश समय अहिले कोठामा सुतेर नै बित्न थालेको छ । अहिले उहाँको उमेर १०६ बर्ष ६ महिना नाघिसक्नु भएको छ । यस्तो अवस्थामा पनि उहाँले कारोना भाइरसको माहामारीलाई पराजित गरेर अनुभव भोग्नुभयो ।
भारतको पुर्णिया जिल्लामा घर भई हाल झापाको दमक नपा ९ मा बस्दै आउनुभएका सन्त सुकदेव साहेवले कारोना संक्रमण जिल्नुभएको हो । कन्ट्याक ट्रेसिङको आधारमा गत भदौ २३ गते उहाँको स्वाब संकलन गरिएको थियो । दुई दिनपछि २५ गते उहाँमा कोरोना भाइरस पोजेटिभ देखिएको दमक नपाको स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक बद्री बरालले बताउनुभयो । यसरी पोजेटिभ देखिएपछि सन्त पहिला आफु बस्दै आएको कोठामा नै १४ दिनसम्म आइसुलेशनमा राख्ने व्यवस्था गरियो ।
असोज ५ गते १४ दिनपछि पुन परीक्षण नेगेटिभ आएको निरीक्षक बरालले बताउनुभयो । उहाले कारोना भइरस पोजेटिभ देखापरेपछि नियमित तातोपानी, झोलिलो पदार्थ, दुध, गिलो जाउलो खाएको उहाले बताउनुभयो । यो अवस्थामा शरीरको सबैभाग दुख्ने, पोल्ने, अत्यन्तै धेरै पीडा भयो । सामान्य ज्वरो आयो । खान मन नलाग्ने भयो । यो बीचमा कुनै औषधि पनि खानुपरेन भने अन्य अस्पतालको शैयामा आइसोलेशनमा समेत जानुपरेन ।
सानो उमेरदेखि नै सात्विक खाना खाने सन्तले दूध तरकारीको रसबरी खाने गरेको बताउनुभयो । म ठूलो खड्गो कालबाट बचे अब अझँै धेरै बर्ष बाच्ने भए उहाँले हास्दै भन्नुभयो । मलाई अब कोरोना त जिते अब यसको आधिकारीक प्रमाणपत्र लिने मन छ ।
उहाँलाई कोरोना भइरस पोजेटिभ देखिएपछि आफ्नो सधै बसिरहरेको घर कोठा ओछ्यान समेत सोही भएकाले अनौठो महशुुुस नभएको दमक नगरपालिकाको कोरोना भइरस क्वारेन्टनइन ब्यवस्थापन समितिका सचिव कुबेर भट्टराईले बताउनुभयो । यसले गर्दा उहाँमा मानसिक ठूलो पीडा भएन । घरमा नै भएकाले बढी हेरचाह गर्ने मौका पनि मिल्यो त्यसकारण पनि कारोना जित्न सहज भएको उहाँको अनुभव छ ।
विश्व कोरोना भइरसको माहामारीसँग जुधिरहेको अवस्थामा १ सय ६ बर्ष पार गर्नुभएका बृद्धले कोभिड जित्नुले सबैको मनोबल उच्च भएको छ । खासगरि यो भाइरसबाट वालबालिका र बृद्धबृद्धालाई बढी असर गर्छ भनिरहेको अवस्थामा उहाँले कोरोना जित्नुलाई सबैका लागि उदाहरण नै बनेको छ ।
क्वारेन्टानइन ब्यवस्थापन समितिका सचिव भट्टराईका अनुसार दमक नगरपालिकाको वाड्न ९ मा लक्ष्मीप्रसाद सिमखडालाई कोरोना पोजेटिभ देखिएको थियो । उहाँकै घरमा बस्दै आउनुभएका सन्तको कन्ट्याक ट्रेसिङको आधारमा परीक्षण गरिएको थियो । सन्त बिगत एक वर्षदेखि सिमखडाको घरमा नै बस्दै आउनुभएको थियो । यो एकै परिवारमा ७ जनालाई कोरोना भइरस पोजेटिभ देखिएको थियो । दमकको वाड्न ९ को यो बस्तीमा एक सातामा मात्र १० जना सर्बसाधारणमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।
Source: gorkhapatra,टीकाराम उप्रेती