बहराइनी राजपरिवारको आरोहण टोलीको खुम्बु आउने कार्यक्रम प्रभावित


[ss_social_share]
लेखक : लेखापढी      ७ आश्विन २०७७, बुधबार २१:३६ मा प्रकाशित     
बहराइनी राजपरिवारको आरोहण टोलीको खुम्बु आउने कार्यक्रम प्रभावित

काठमाडौँ- गत बुधबार नेपाल आइपुगेको बहराइनी राजपरिवारसहितको टोली खुम्बु जाने कार्यक्रम प्रतिकुल मौसमका कारण प्रभावित भएको छ ।

हिमाल आरोहणका लागि राजपरिवारसहितको टोली आज समित एयर विमान मार्फत लुक्ला जाने कार्यक्रम रहे पनि उडान हुन नसक्दा काठमाडौँमा नै रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालय लुक्लाले जनाएको छ ।
समिट एयरमार्फत राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली लुक्ला जाने  कार्यक्रम तय भए पनि मौसम प्रतिकूल हुँदा तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा कुनै उडान नभएको कार्यालयले जनाएको छ ।
खुम्बु क्षेत्रमा पर्ने लोबुचे हिमाल आरोहणका लागि बहराइनका राजकुमारको टोली शेख इशा एअरवेजबाट विशेष विमानमार्फत गत बुधबार काठमाडौँ आएको थियो ।

टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १५ बहराइनी र तीन  बेलायती  रहेको बताइएको छ ।

विश्वव्यापी कोरोना महामारीका बीच लामो समयपछि मङ्गलबार दुई जर्मनेली खुम्बु भित्रिएका छन् । उनीहरु काठमाडौँबाट पिसिआर परिक्षण गराएर विमानमार्फत खुम्बु आएको गाउँपालिकाले जनाएको छ । लामो समयपछि खुम्बु आएका विदेशी पर्यटकलाई खुम्बुबासीले स्वागत गरेका थिए ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •