राष्ट्रिय सम्मानसहित आङरिता शेर्पाको अन्त्येष्टि


[ss_social_share]
लेखक : लेखापढी      ७ आश्विन २०७७, बुधबार १५:५३ मा प्रकाशित     
राष्ट्रिय सम्मानसहित आङरिता शेर्पाको अन्त्येष्टि

काठमाडौँ-  विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ ।

विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका शेर्पाको ५ असोजमा काठमाडौंस्थित छोरीको घरमा निधन भएको थियो ।
उनको आज बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे । सुरक्षाकर्मीहरुले शेर्पाप्रति सलामी अर्पण गरे ।
शव यात्रासहित शेर्पाको शव टेकु दोभानसम्म पुर्‍याइएको थियो । शवयात्रामा लामा धर्मगुरुहरु, आरोहीहरु, आफन्तजनलगायतको सहभागीता थियो । सगरमाथा आरोहणमा विश्व रेकर्ड बनाएका शेर्पा ‘हिउँ चितुवा’ उपनामले समेत चिनिन्छन |

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •