आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित


आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित

 

काठमाडौँ । सरकारले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेको छ । । कोरोना भाइरस (कोभिड- १९)को संक्रमण दिनदिनै बढ्दै गइरहेको अवस्थामा युनियनको निर्वाचन गर्दा थप संक्रमण फैलिने भन्दै उक्त निर्णय लिइएको बताइएको छ । 

मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यही असोज २४ गतेलाई तोकिएको कर्मचारीको निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।

सारिएको मिति नतोकिएकोले यसपछि निर्वाचन कहिले हुने भन्ने अन्यौल छ । मन्त्रालयले सोमबार पठाएको प्रस्तावमा निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको म्याद अर्को चुनाव नहुन्जेलसम्म या बढीमा २०७८ वैशाख मसान्तसम्म थप्ने उल्लेख छ । एजेन्सी