डा. केसीलाई पुर्‍याइयो ट्रमा सेन्टर, शिक्षण अस्पताल जान पाएनन्


[ss_social_share]
लेखक : लेखापढी      ६ आश्विन २०७७, मंगलवार १५:३६ मा प्रकाशित     
डा. केसीलाई पुर्‍याइयो ट्रमा सेन्टर, शिक्षण अस्पताल जान पाएनन्

काठमाडौं । अनशनकै क्रममा सोमबार काठमाडौं आइपुगेका डा. गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा उत्रिएका डाक्टर गोविन्द केसीलाई अस्पताल ल्याउन त्रिवि शिक्षण अस्पतालले एम्बुलेन्स पठाएको थियो।

जुम्लामा अनशन बसेका डाक्टर केसी आठौं दिनमा काठमाडौं ल्याइएको थियो। जुम्लाबाट सोमबार नेपालगञ्ज जहाजबाटै पुर्‍याइएका केसीलाई मंगलबार बुद्ध एयरबाट काठमाडौं ल्याइएको हो।

उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार अस्वीकार गरेपछि केसीलाई काठमाडौं ल्याइएको हो।

नेपालगन्जबाट बुद्ध एयरको विमानबाट काठमाडौं ओर्लिएलगत्तै विमानस्थलबाटै डाक्टर केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

डा. केसीसँग हाल ट्रमा सेन्टरका चिकित्सकहरुले छलफल गरिरहेका छन् भने केसीका समर्थकहरुलाई उनलाई भेट्न दिइएको छैन ।

काठमाडौं आउने क्रममा नेपालगन्ज विमानस्थलमा डाक्टर केसीले जनताको हितका लागि आफूले उठाएका माग पूरा नभएसम्म अनशन जारी राख्ने बताएका थिए ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •