कीर्तिमानी आङरिता शेर्पाको आज मंगलबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने


कीर्तिमानी आङरिता शेर्पाको आज मंगलबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने

काठमाडौं । सरकारले विश्वप्रसिद्ध पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आरोही शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

नेेपालको पर्वतीय पर्यटनमा हिमचितुवाका नामले परिचित साहसिक आरोही शेर्पाको सोमबार निधन भएको थियो ।
जोरपाटीमा ७२ वर्षको उमेरमा निधन भएका शेर्पाको नाममा १० पटक बिना अक्सिजन सगरमाथाको चुचुरो पुगेको कीर्तिमान रहेको छ ।

https://lekhapadhi.com/2020/09/21/5144/