राप्रपाको चुनाब चिन्ह हलो राख्नेमा सहमति


[ss_social_share]
लेखक : लेखापढी      ६ आश्विन २०७७, मंगलवार ०३:४६ मा प्रकाशित     
राप्रपाको चुनाब चिन्ह हलो राख्नेमा सहमति

काठमाडौँ – २४ फागुन २०७६ मा कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी द्वारा  पार्टी एकिकरण घोषणा गरेका थिए ।  सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र साझा संस्थाको रुपमा राजसंस्था राख्नुपर्ने बिषयमा सहमति भएता पनि चुनाब चिन्ह बारे मतभेद कायम थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनाव चिह्न हलो राख्ने विषयमा सैद्धान्तिक सहमति गरेको छ । एकिकरण हुनुअघिको राप्रपा र राप्रपा संयुक्तको कार्यसम्पादन समितिको सोमबार छुट्टाछुट्टै बसेको बैठकपछि हलो चिह्नमा सहमति जुटेको राप्रपा एक अध्यक्षले जानकारी दिए ।

हलो साविक राप्रपा संयुक्तले प्रयोग गर्दै आएको चिह्न हो । ती अध्यक्षका अनुसार कमल थापा नेतृत्वको साविक राप्रपा कार्यसम्पादन समितिको बैठकले पार्टी एकता जोगाउन भन्दै गाई चुनाव चिह्न छाड्ने निर्णय गरेको हो । धुम्बराहीमा बसेको थापा समूहको बैठकमा कतिपय नेताहरूले २०७० सालमा २५ सिट जितेर चौथो ठूलो दल बन्दा प्रयोग भएको गाई चिह्न छाड्न नहुने अडान लिएका थिए ।

चुनाव चिह्नबारे औपचारिक निर्णय भने मंगलबार बस्ने कार्यसम्पादन समितिको संयुक्त बैठकले गर्ने एक नेताले जानकारी दिए ।

एकता महाधिवेशन आगामी बैशाख तेस्रो साता गर्ने विषयमा पनि दुबै पक्षबीच सहमति जुटेको छ । कार्यसम्पादन समितिको संयुक्त बैठक बसेर मंगलबार नै दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी भएको राप्रपा नेताहरूले बताएका छन् । यद्यपि कतिपय नेताहरूले मंगलबार शुभबार नभएको तर्क गरेका छन् ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •