रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदरावादलाई १६४ रनको लक्ष्य


[ss_social_share]
लेखक : लेखापढी      ६ आश्विन २०७७, मंगलवार ०४:१३ मा प्रकाशित     
रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदरावादलाई १६४ रनको लक्ष्य

RCB won by 10 runs.(File photo)
यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको तेस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदरावादलाई १६४ रनको लक्ष्य दिएको छ । 

दुबइ अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनायो । बैंगलोरका लागि देवदत्त पदिकालले अर्धशतकीय पारी खेले । 

४२ बल खेलेका उनले ८ चौकाको सहयोगमा ५६ रन बनाएका हुन् । त्यस्तै बैंगलोरका लागि एबी डी भिलियर्सले पनि अर्धशतकीय पारी खेले । ३० बल खेलेका उनले ४ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाए । बैंगलोरका एरोन फिन्चले २९ रन बनाउँदा कप्तान विराट कोहलीले १४ रन तथा शिभम डुबेले ७ रनको योगदान गरे । 

बलिङतर्फ हैदराबादका लागि थानगार्सु नताराजन, विजय शंकर र अविशेक शर्माले समान एक–एक विकेट लिए । 

आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा छन् । प्रतियोगिताको पहिलो खेल नै दुवै टोलीको महत्त्वपूर्ण खेलको रुपमा हेरिएको छ । अघिल्लो संकरणमा दुई टिमबीच दुई भेट भएको थियो । जसमा दुवै टिमले एक–एक जित निकालेका थिए 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •