कोरोना आयो !! (कविता)


[ss_social_share]
लेखक : लेखापढी      ५ आश्विन २०७७, सोमबार १३:२९ मा प्रकाशित     
कोरोना आयो !! (कविता)
आयो, कोरोना भाइरस आयो
चीनको बुहानबाट जन्मिएर आयो
हुवेईका तरूनीबिच अन्मिएर आयो
विश्वलाई थर्कमान बनाएर आयो
कोभिड नाईन्टीनको नामाकरण मनाएर आयो।
आयो, कोरोना महामारी यसरी आयो
विकसित राष्ट्रहरूबाट मलजल भएर आयो
विकासोन्मुख देशहरूमा तलतल भएर आयो
देश-देशमा लकडाउनको फ्यूज बनेर आयो
प्रेस प्रेसमा नितान्त कोरोना न्यूज बनेर आयो
हिन्दू सभ्यताको सानो पाठ सिकाउँदै आयो
सेनिटाइजर र मास्कहरू बिकाउँदै आयो
विश्वको शान्ति खल्बल्याएर आयो
अर्थतन्त्रलाई अल्मल्याएर आयो।
यो त साॅच्चिकै बहुरुपि रहेछ क्यार!
हाम्रा अग्रजहरूलाई सल्बल्याएर आयो
हुँदै गरेका कामकाजहरू थाति राखियो
शैक्षिक उपलब्धिमापन बाँकी राखियो
क्वारेन्टाइन र आइसोलेसन बनाएर विद्यालय,
राहत, चामलको मानु र पाथी, बाँडियो।
गरिवीको आलो घाउमा – राहत नून बन्यो 
कागजमा कोरोनाको राहत सुन बन्यो

औषधी-उपकरण भित्र्याउने कार्य यस देशको बिडम्वना,
कमिसनको धुन बन्यो।

हो, कोरोना यहाँ यसरी आयो-
धनी गरिब नभनेर आयो ठूलो सानो नगनेर आयो
गरिबका आँखा रसाएर आयो
मजदुरहरूलाई बसाएर आयो
शहरबासीलाई तर्साएर आयो
यथार्थता भन्दा बढी हाउगुजी चलाएर आयो
आफन्तको शव छुनै नपाउँदा, कोकोहोला मच्चाएर आयो
उफ! सुइय सुस्केरा हाल्ने गरी
मैहुँ भन्नेलाईथच्चाएर आयो
बेइमान कोरोना ! यसरी आयो।

गणेश प्रसाद कोईराला
सुदुरपश्चिम प्रदेश,
जयपृथ्बी नगरपालिका ८ सेलाखेत बझाङ
पेशा :- शिक्षक
gk32@gmail.com


लेखकबाट थप 

१.  दुबाठु सम्झना

२. बसन्त बर्णन

 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •