हिमाल आरोही ‘हिम चितुवा’ आङरिता शेर्पाको निधन


लेखक : लेखापढी      ५ आश्विन २०७७, सोमबार १२:२६ मा प्रकाशित     
हिमाल आरोही ‘हिम चितुवा’ आङरिता शेर्पाको निधन


काठमाडौं । ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको सोमबार ७२ वर्षको उमेरमा निधन भएको छ।

नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा आङरिता शेर्पाको निधन भएको हो ।

शेर्पाको पुर्ख्यौली घर सोलुखुम्बुको थमो हो। उनले सन् १९८३ देखि सगरमाथा आरोहण थालेका थिए।

बिना अक्सिजन १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर चर्चित छन् ।

Photo: onlinekhabar