पत्रकार महासंघको टोलि धनगढीमा : दिनेश संचारगृहमा भएको आक्रमण बारे अनुसन्धान गरिने


[ss_social_share]
लेखक : लेखापढी      ५ आश्विन २०७७, सोमबार ०५:१९ मा प्रकाशित     
पत्रकार महासंघको टोलि धनगढीमा : दिनेश संचारगृहमा भएको आक्रमण बारे अनुसन्धान गरिने

धनगढी- गत महिना भाद्र २६ गते सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीको धनगढी स्थित दिनेश संचार गृहमा  १५, २० जनाको एक समुह प्रवेश गरेर साङ्घातिक आक्रमण गरेको थियो ।

दिनेश सञ्चारगृहमा भएको घटना सम्बन्धमा स्थलगत अध्ययनका लागि नेपाल पत्रकार महासङ्घको टोली  महासचिव रमेश विष्ट नेतृत्वमा धनगढी पुगेको हो ।

युवाहरुको हुल समाचार कक्षमै प्रवेश गरेर सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि अन्धाधुन्द कुटपिट गर्दै उक्त समुहले व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात समेत गरेको थियो।

घटनाका सम्बन्धमा टोलीले स्थलगत रूपमा अध्ययन गरी पीडित पक्ष, स्थानीय प्रशासन, प्रहरी, सरोकार पक्ष, पत्रकार लगायतसँग छलफल गरी सत्यतथ्य सार्वजनिक गर्ने महासङ्घले जनाएको छ । 

महासचिव विष्टको नेतृत्व रहेको टोलीमा सचिव रामप्रसाद दाहाल, सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष, कैलाली अध्यक्षलगायत सहभागी भएको बताइएको छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •