२०७६ को मदन पुरस्कार ‘महारानी’लाई, शान्ति ठटाललाई जगदम्बाश्री


[ss_social_share]
लेखक : लेखापढी      ४ आश्विन २०७७, आईतवार १७:०१ मा प्रकाशित     
२०७६ को मदन पुरस्कार ‘महारानी’लाई, शान्ति ठटाललाई जगदम्बाश्री

काठमाडाैं । यस वर्ष २०७६ को मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीले पाएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले यो उपन्यासलाई पुरस्कृत गर्ने निर्णय गरेको गुठीका अध्यक्ष अध्यक्ष कुन्द दीक्षितले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि मदन पुरस्कार गुठीले मदन पुरस्कारका लागि ७ पुस्तक सूची सार्वजनिक गरेको थियो । जसमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रब्युह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघन्टु, चन्द्रप्रकाश बानियाँको महारानी, ललति विष्टको मोहपथ र शारदा शर्माको यात्रामा रहेका थिए ।

गुठीले पुरस्कारका लागि मनोनित सात पुस्तकको सूची सार्वजनिक गरेको थियो । पुरस्कारको राशी ४ लाख रहेको छ ।

त्यस्तै जगदम्बाश्री पुरस्कार भने ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित संगीतकार शान्ति ठटाललाई दिने निर्णय गरेको छ ।

यी दुबै पुरस्कार वितरण कार्यक्रम भने कोभिड महामारीको परिस्थितिका कारण पछि सार्वजनिक गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •