पेरिसडाँडामा नेकपा सचिवालय बैठक सुरु


[ss_social_share]
लेखक : लेखापढी      ४ आश्विन २०७७, आईतवार १२:१४ मा प्रकाशित     
पेरिसडाँडामा नेकपा सचिवालय बैठक सुरु

काठमाडौँ — मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक अहिले बसिरहेको छ । पार्टी एकताको २८ महिनापछि तत्कालीन माओवादीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा पहिलोपटक नेकपाको सचिवालय बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी छन्। यसअघिका बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए। 

बालुवाटारमा बसेको २६ भदौको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट पारेको पारेको थियो । सोही विषय कार्न्वयनका विषयमा पनि सचिवालय बैठकमा छलफल हुने बताइएको छ । 

यसअघि शुक्रबारका लागि बोलाइएको बैठक नेताहरुको समयअभावका कारण आइतबारका लागि सारिएको थियो । एक सचिवालय सदस्यका अनुसार स्थायी समिति बैठकको निर्णय अनुसार सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनगर्ठनकोे मापदण्डका बारेमा समेत छलफल हुनेछ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •