आइतबार थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु


[ss_social_share]
लेखक : लेखापढी      ४ आश्विन २०७७, आईतवार १६:४९ मा प्रकाशित     
आइतबार थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६४ हजार १२२ पुगेको छ।

सो अवधिमा १० जनाको मृत्यु भएको मन्त्रालयलको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार अहिलेसम्म ४११ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

शुक्रवार एकै दिन २,०२० जनामा सङ्क्रमण पुष्टि भएको थियो। यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।

अहिले देशभरि १७,४७८ जनामा सक्रिय सङ्क्रमण छ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •