संविधान दिवस : मानपदवी, अलंकार र पदक ५९४ जनालाई


[ss_social_share]
लेखक : लेखापढी      ३ आश्विन २०७७, शनिबार १४:३० मा प्रकाशित     
संविधान दिवस : मानपदवी, अलंकार र पदक ५९४ जनालाई

काठमाडाैं, ३ असोज । यस वर्ष संविधान तथा राष्ट्रिय दिवसको अवसरमा ५९४ जनालाई विभिन्न विभूषण प्रदान गरिएकाे छ । मन्त्रिपरिषद्को सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मानपदवी, अलंकार र पदकहरू  प्रदान गर्नुभएकाे राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति कार्यालयका अनुसार मानपदवीतर्फ सुप्रसिद्ध प्रवल जनसेवा प्रथम १ जनाले पाएका छन् भने प्रसिद्ध प्रवल जनसेवा द्वितीय ४, सुकीर्तिमय राष्ट्र द्वीप तृतीय ७ जनाले पाएका छन् । यसैगरी सुप्रबल जनसेवा तृतीय ८७ जना, कीर्तिमय राष्ट्र द्वीप चतुर्थ ८ जना, प्रवल जनसेवा श्री चतुर्थ २४२ जना र जनसेवा श्री १०४ जना गरी जम्मा ४५३ जनाले जनसेवातर्फकाे पदक पाएका छन् ।

यस्तै विभिन्न विभूषणसहितको अलंकार ११४ जना र पदक २७ जनालाइ दिइएकाे कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले जानकारी दिनुभयाे । उहाँका अनुसार यसपटक सर्वाेच्च विभूषण ‘नेपाल रत्न’ भने कसैलाई पनि दिइएको छैन ।

सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) चाहिँ वरिष्ठ आँखा राेग विशेषज्ञ डा. सन्दुक रुइतलाई दिइएकाे छ  । यसैगरी प्रसिद्ध प्रवल जनसेवा द्वितीय अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगका पूर्व प्रमुख आयुक्त नवीनकुमार घिमिरे, सर्वाेच्च अदालतका न्यायाधीश दीपकुमार कार्की, प्रधानसेनासेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाइ प्रदान गरिएकाे छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •