आज देखि आइपिएल (Indian Premier League) सुरु (खेल समय तालिका सहित)


आज देखि आइपिएल (Indian Premier League) सुरु (खेल समय तालिका सहित)

विश्वकै महँगो क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपिएल) २०२० शनिबारदेखि सुरु हुँदैछ। कोरोनाको कारण पाच महिना धकेलिएको IPL भारतमा कोरोना संक्रमण लगातार बढेपछि आइपिएल युएईमा हुँदैछ।

पहिलो खेलमा शनिबार नेपाली समयअनुसार राति पौने ८ बजे मुम्बई इन्डियन्स र चेन्नई सुपरकिंग्सबीच खेल हुनेछ। दुवै टिम आइपिएल इतिहासका सबैभन्दा सफल टिम हुन्।

आइपिएलको सर्वाधिक विजेता मुम्बईले अहिलेसम्म चार पटक उपाधि जितेको छ। यस्तै चेन्नई तीन पटक च्याम्पियन बनेको छ। 
Ipl in uae 2020-
गत सिजन उपविजेतामा सीमित भएको चेन्नई आइपिएलको हरेक संस्करणको अन्तिम चारमा पुगेको छ।

आइपिएलमा यसपटक पनि नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट खेल्दैछन्। हाल सिपिएल खेलिरहेका सन्दीप उतैबाट युएई जाने कार्यक्रम छ।

आइपिएलका राउन्ड रोबिनका खेल युएईको तीनमा स्थानमा हुनेछन्। जसअनुसार अबुधावीमा २० खेल, दुबईमा २४ खेल र सारजाहमा १२ खेल हुनेछन्।

मुम्बई र कोलकताले समूह चरणका ८ खेल अबुधावीमा खेल्ने तय छ। यस्तै सनराइजर्स हैदरावादले ८ खेल दुबईमा खेल्ने तय छ।

यस्तै चेन्नई सुपरकिंग्स, किंग्स ११ पञ्जाव, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंग्लोरका ७-७ खेल दुबईमा छन्। राजस्थान रोयल्सको ६ खेल दुबई, पाँच खेल अबुधावी र तीन खेल सारजाहमा छन्।
यसपटकको आइपिएलका लागि खेलाडी,अफिसियल लगायतले स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्नेछ। दुबई, सारजाह र अबुधावीमा हुने खेलका दौरान रंगशालामा दर्शकलाई प्रवेश निषेध गरिएको छ। सबै खेलाडीलाई आफ्नो टिम होटल छाड्न बन्देज लगाइएको छ।