म कविता यसरी कोर्छु…


[ss_social_share]
लेखक : लेखापढी      ३ आश्विन २०७७, शनिबार ०४:१३ मा प्रकाशित     
म कविता यसरी कोर्छु…

 

खै के कविता लेख्ने, कसरी लेख्ने
कुन छन्दमा लेख्ने, कुन लयमा लेख्ने
खोक्रो दिमागमा शब्द खोज्छु !
शब्दवेधिको नवीनता अभाव पाउँछु
शब्दकोष खोली शब्द थुपार्छु
अनि रङ्ग न ढङ्गको कविता कोर्छु !!

त्यतिले चित्त बुझेन !
अरूको कवितामा गिद्धे नजर लगाउँछु
बरिष्ठ-कनिष्ठ सबै चाहर्छु !
एक-एकको भित्री शब्द चोर्छु
फेरि एकरास शब्द थुपार्छु
अनि दङ्ग परेर कलम चलाउँछु !!

आहा ! कति राम्रा कविता भएछन !
कोरिएका कबिता पढ्दै मनमनै रमाउँछु ।
समाजिक सञ्जालमा  त जोडिएकै छु,
नव कवितालाई पनि तस्बिर साथ जोड्छु ।
आहा ! क्याबात ! मार्मिक आदि प्रतिक्रिया पाउँछु,
आफु पनि कबिमा गनिएकोमा मख्ख पर्छु !!

एक दिन त म पनि बरिष्ठ कवि
मन भरि गुथ्दै कल्पिन्छु !
फेरि कलम कापी समाउँछु,
फेरि अरूको कविता खोतल्छु
शब्द चोर्छु, भाव चोर्छु
अनि पुनः नयाँ कविताको सृजना गर्छु !!


मनिष कुमार शर्मा ‘समित’
ठिमी, भक्तपुर 
(निरन्तर रुपमा उत्कृस्ट साहित्यिक रचनाहरु पठाउनुहुने “मनिश कुमार शर्मा ‘समित’ ज्यू प्रति हार्दिक आभार ब्यक्त साथै निरन्तरताको कामना गर्दछौ – लेखापढी मिडिया )


हजुरहरुका लेख-रचना  ईमेल गर्न सक्नुहुन्छ – lekhapadhee@gmail.com
Visit us : www.lekhapadhee.com


लेखकबाट थप

१. मृत्यु-इच्छा (लघुकथा)

२. हाइकु – सेन्यु

३. पाथी (कथा)

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •