राष्ट्रपतिद्वारा २८९ जना कैदीहरुको बाँकी कैद माफी


[ss_social_share]
लेखक : लेखापढी      २ आश्विन २०७७, शुक्रबार २१:५५ मा प्रकाशित     
राष्ट्रपतिद्वारा २८९ जना कैदीहरुको बाँकी कैद माफी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संविधान दिवसकाे अवसरमा असोज ३ गतेदेखि लागू हुने गरी नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा २८९ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद माफी मिनाह गर्नुभएको छ ।

साथै, नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा रामदयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद सजाय र जरिवाना समेत माफी दिइएको राष्टपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । याे समाचार गोरखापत्र अनलाइनमा प्रकाशित भएकाे छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •