आज जनकपुर आउने नेपाली रेलमा के छन् फिचर्स ?


[ss_social_share]
लेखक : लेखापढी      २ आश्विन २०७७, शुक्रबार १२:०० मा प्रकाशित     
आज जनकपुर आउने नेपाली रेलमा के छन् फिचर्स ?

आज शुक्रबार नेपाल आउने रेलमा भारतमा मध्यम दूरीमा चल्ने रेलजस्तै आधुनिक रहेको रेल्वे विभागले जनाएको छ ।

जनकपुर-जयनगर रूटमा चल्नेगरी शुक्रबार दुई रेल नेपाल आउँदै छन् । 

याे रेल १३०० सिट क्षमताको हुनेछ । 

विभागका महानिर्देशक बलराम मिश्रका अनुसार यो रेल डिजेलबाट स्टार्ट हुन्छ। जेनेरेटरबाट पैदा भएको बिजुलीले इन्जिन चल्छ।

रेललाई फर्काइराख्नु पर्दैन। दुबैतिर इन्जिन रहेकाले रेल चलाउन निकै सजिलो रहेको मिश्रले बताए।

यसमा एसीयुक्त आरामदायी सिटहरू छन्।

रेलमा दुई वटा इन्जिन छन्। अगाडिको इन्जिन मुख्य हुन्छ। अगाडिकोलाई पावर कार र पछाडिकोलाई टेलर कार भनिन्छ।

रेलको स्पिड प्रतिघन्टा ११० किलोमिटर हो। तर, जनकपुर-जयनगर रेल्वेको डिजाइन प्रतिघन्टा १०० किलोमिटर स्पिडको बनाइएको छ।

भ्याटबाहेक ८५ करोड रुपैयाँमा यो रेल किनिएको मिश्रले जानकारी दिए।

अहिले यो रेल जनकपुर-जयनगर-कुर्थासम्म ३५ किलोमिटर सञ्चालन गर्ने योजना छ।

आगामी दिनमा महोत्तरीको बिजेलपुरसम्म ५२ किलोमिटर चलाउने योजना छ। त्यहाँबाट पनि १७ किलोमिटर बर्दिबास चलाउने योजना हो । एजेन्सी

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •