आन्तरिक उडान सोमबारबाट, सिट क्षमता अनुसार नै अनुमति


आन्तरिक उडान सोमबारबाट, सिट क्षमता अनुसार नै अनुमति

सिट क्षमता अनुसार नै उडान गर्न पाउने भएपछि सोमबारबाट आन्तरिक हवाई सेवा सञ्चालन हुने भएको छ  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रिस्तरीय बैठकले क्षमता अनुसार नै हवाई सेवा सञ्चालन गर्न अनुमति दिएको हो ।

यसअघि मन्त्रिपरिषद्ले ५० प्रतिशत क्षमतामा उडान गर्न खुला गरेको थियो । तर, निजी वायु सेवा सञ्चालकहरूले ५० प्रतिशत क्षमतामा उडान गर्न नसक्ने भन्दै उडान सुरु गरेका छैनन् ।

मन्त्रालयले नागरिक उडड्यन प्राधिकरणलाई शुक्रबार पठाएको पत्रमा सिट क्षमता तोकेको छैन् । मन्त्रालयले सिट क्षमता नतोकेपछि शतप्रतिशत क्षमतामा नै सञ्‍चालन गर्न दिनु भन्‍ने आफूहरुले बुझेको एक उच्च अधिकारीले बताए । असोज ५ गते सोमबारदेखि आन्तरिक हवाई सेवा सुचारु हुने ती अधिकारीले बताए । 

साभार: बाह्राखरी