नेयमारलाई दुई खेलको प्रतिबन्ध


[ss_social_share]
लेखक : लेखापढी      १ आश्विन २०७७, बिहीबार १५:०८ मा प्रकाशित     
नेयमारलाई दुई खेलको प्रतिबन्ध

फ्रान्सेली फुटबल संघले ब्राजिलियन स्टार स्ट्राइकर पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारलाई फ्रेन्च लिग वानमा दुई खेलमा प्रतिबन्ध लगाइएको छ । 

मार्सिलेसँगको खेलमा १-० गोलको हार व्यहोर्दा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका नेयरमालाई आयोजकले दुई खेलमा प्रतिबन्ध लगाएको हो । फ्रेन्च लिग वानमा मार्सेविरुद्धको खेलमा उनले रातो कार्ड पाएका थिए । खेलको अन्त्यमा सुरु भएको झगडामा उनीसँगै ५ खेलाडीले रातो कार्ड पाएका थिए ।

रातो कार्ड पाउने अन्य खेलाडीहरुलाई पनि प्रतिबन्ध सुनाइएको छ । यसमा पीएसजीका डिफेन्डर लेइभिन कुरजावालाई ६ खेलको प्रतिबन्ध लगाइएको छ । उनको समकक्षी लियान्ड्रो पारेडेलसलाई दुई खेलको प्रतिबन्ध सुनाइएको छ । मार्सेका जोर्डन अमाभीलाई ३ खेल तथा डारियो बेनेडेट्टोलाई एक खेलको प्रतिबन्ध लगाइएको छ ।

रातो कार्ड पाएपछि नेयमारले गोन्जालेजमाथि आफूलाई रंगभेदी टिप्पणी गरेको आरोप लगाउँदै अधिकारीहरुलाई भीएआरको प्रयोग गरेर अनुसन्धान गर्न माग गरेका थिए । गोन्जालेजले नेयमारको आरोपलाई खण्डन गरेका छन् । साथै, फ्रेन्च फुटबलका अधिकारीहरुले उनले लगाएको रंगभेदी टिप्पणीको आरोपबारे पनि अनुसन्धान गर्ने भएको छ ।

नेयमारले प्रतिबन्धको एक खेल गुमाइसकेका छन् । बुधबार राति माट्जसँग १-० को जित निकालेको खेल नेयमारले गुमाएका थिए । उनले अब आइतबार नाइससँग हुने खेल पनि गुमाउनेछन् । 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •