धुर्मुससुन्तली फाउन्डेशनलाई वाग्मती प्रदेशले ३ करोड सहयोग


धुर्मुससुन्तली फाउन्डेशनलाई वाग्मती प्रदेशले ३ करोड सहयोग

काठमाडौँ- चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुससुन्तली फाउन्डेशनलाई वाग्मती प्रदेश सरकारले रु तीन करोड दिने निर्णय गरेको छ । 
प्रदेश सरकारको हिजो बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष२०७७/०७८ का लागि अनुदान रकम दिने निर्णय गरेको हो ।
कोभिड –१९ को सङ्क्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरिरहेकाले काम  गर्न सहज होस् भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता कैलाश ढुङ्गेलले जानकारी दिए ।