युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकारमा नियुक्त, मन्त्रीसरह सुविधा


युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकारमा नियुक्त, मन्त्रीसरह सुविधा

काठमाडौँ । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । पछिल्लो मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी खतिवडालाई सल्लाहकार नियुक्त गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । 

राष्ट्रियसभा सदस्य हुँदै अर्थमन्त्री बनेका खतिवडाले कार्यकाल सकिएपछि यही भदौ १९ गते राजीनामा दिएका थिए ।

बैठकले मन्त्री सरहको सेवा सुविधा पाउने गरी खतिवडालाईप्रधानमन्त्रीको आर्थिक विशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए  । 

राष्ट्रियसभाको समयावधी सकिएपछि खतिवडाले यही भदौ २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।