२४ घण्टामा थप ११७० जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु


२४ घण्टामा थप ११७० जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

बितेको २४ घण्टामा देशभर ११७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सो अवधिमा १५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हु्न् । यससँगै कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको छ। अहिलेसम्म ३६० जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सङ्क्रमितमध्ये ८७९ जना कोभिड-१९ मुक्त भएको प्रमाणित भएका छन्।